Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
समाचार
  • Home
  • समाचार
  • ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ४, २०८३

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ९६२ जना सवारी चालक तथा नियम उल्लंघनकर्तामाथि कारबाही गरेको छ । उक्त कारबाहीबाट  आठ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी विभिन्न अन्य ट्राफिक उल्लंघन गर्ने ९०५ जना रहेका छन् । यस्तै, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०२ जना चालकलाई नियन्त्रणमा लिइएको छ भने राइड सेयरिङसम्बन्धी नियम उल्लंघन गर्ने १४७ जनामाथि कारबाही गरिएको छ । 

Hardik health

त्यसैगरी, रातो बत्ती उल्लंघन गर्ने २११, तीव्र गतिमा सवारी चलाउने १९७, लेन मिच्ने ५३, सडक फुटपाथ अतिक्रमण गर्ने ८८, ‘नो हर्न’ क्षेत्र उल्लंघन गर्ने ११६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना चालक कारबाहीमा परेका छन् । प्रहरी उपरीक्षक सुवेदीले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन मात्र नभई नागरिकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउनु रहेको बताए । उनले भने, “उपत्यकामा ट्राफिक नियम उल्लंघन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी निरन्तर खटिएको छ । हाम्रो उद्देश्य केवल राजस्व उठाउनु होइन, नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गराउनु र सडक दुर्घटना घटाउनु हो ।”

उनका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लंघनका घटनामा केही कमी आए पनि अझै धेरै चालकले आधारभूत नियमसमेत पालना नगर्ने गरेको पाइएकाले निगरानी थप कडा बनाइएको छ ।  विशेषगरी मापसे, तीव्र गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लंघन गर्ने गतिविधिले दुर्घटना निम्त्याउने भएकाले यस्ता कार्यविरुद्ध कडाइ गरिएको जनाइएको छ ।

काठमाडौँ उपत्यकामा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडक विस्तार, सवारी सङ्ख्या वृद्धि र यात्रु चापसँगै ट्राफिक अनुशासन कायम गर्नु प्रहरीका लागि ठूलो चुनौती भएको अधिकारीहरू बताउँछन् ।

ट्राफिक प्रहरीले चालकहरूलाई सवारी चलाउँदा अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्न, हेल्मेट तथा सिटबेल्ट प्रयोग गर्न, मादक पदार्थ सेवनपछि सवारी नचलाउन तथा सडक सङ्केतको सम्मान गर्न आग्रह गरेको छ ।  साथै आगामी दिनमा पनि उपत्यकाभर विशेष ट्राफिक चेकिङ अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घेदुङले लिपि विवाद मिलाउने आँट गर्नुपर्छ : अध्यक्ष थोकर
घेदुङले लिपि विवाद मिलाउने आँट गर्नुपर्छ : अध्यक्ष थोकर शनिबार, जेठ ९, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल शनिबार, जेठ ९, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित
बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP