तेहरान- संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ ।
प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुनेछ । यस महिनाको सुरुमा, इरानले संयुक्त राज्य अमेरिकामा १४-बुदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्र बाट अमेरिकी सेना को पूर्ण निकासीको आह्वान गरेको थियो ।
यो प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थता मार्फत प्रदान गरिएको थियो । यस अघि वासिङ्टनको योजनाले दुई महिनाको युद्धविरामको आह्वान गर्दा, तेहरानल युद्धविरामको सट्टा “युद्धको अन्त्य“ मा केन्द्रित हुदै ३० दिनको समयसीमा अनुरोध गरेको थियो ।