काठमाडाैं - मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरबाट पदभार ग्रहण गरेका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका तारा मानन्धरले आजदेखि पदभार ग्रहण गरेको बैंकले जनाएको हाे ।
बैंकिङ्ग तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मनन्धरले बैंकको दिर्घकालिन लक्ष्य, उच्चस्तरिय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगमी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छ ।