Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै
प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ८, २०७७
Hardik health
महोत्तरी–प्रदेश नं २ मा कोभिड–१९ संमक्रण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको संख्या निकै बढेको हो । भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो संख्या एक हजार ६३ थियो । भदौका छ दिनमा मात्रै दुई हजार १४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् । आङ्खनै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको संमक्रण पुष्टि भएकाहरूको भनाइ छ । ठिक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट संमक्रणमुक्त हुन सकिने भएपछि यस्ता संक्रमित आङ्खनै घरमा बस्न थालेका हुन् । ‘सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा संक्रमित भइएछ’, अहिले होम आइसोलेसनमा बस्दै आएका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले भने, ‘बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो संक्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।’ प्रदेश नं २ का आठवटै जिल्लामा गरी भदौ लागेयता एक हजार ५५५ नयाँ संक्रमित थपिएका छन् । यिनीहरूमध्ये धेरैजसो र यसअघिका समेत गरी अहिले होम आइसोलेसनमा बस्नेको संख्या तीन हजार २०७ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म सिरहा होम आइसोलेसनमा बसेका नदेखिएको प्रदेशको एक मात्र जिल्ला हो । यसबाहेक अहिले पर्सामा ७६६, रौतहटमा ७०४, महोत्तरीमा ६५१, धनुषा र सर्लाहीमा ३६० एवं बारामा २९१ जना संक्रमण पुष्टि भएकाहरू होमआइसोलेसनमा बसेका मन्त्रालयको तथ्यांक छ । प्रदेश नं २ का सबै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । पछिल्लोपटक भदौ १ गते प्रदेशका आठवटै जिल्ला प्रशासनले निषेधाज्ञा अवधि थप्दै लगेका छन् । कडाइपूर्वकको निषेधाज्ञा अवधिभित्रै पनि कोभिड–१९ संक्रमण बढ्दो देखिएको छ । भदौ महिनाका छ दिनभित्र प्रदेशभित्र एक हजार ५५५ नयाँ संक्रमित थपिएका छन् । यसै अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । शनिबारसम्म प्रदेशका आठवटै जिल्लामा गरी कूल संक्रमित आठ हजार ५२० पुष्टि भएका छन् । साउन मसान्तमा यो संख्या छ हजार ९६५ थियो । त्यसैगरी भदौ लागिकन १४ संक्रमितको ज्यान गएको छ । साउन मसान्तमा ४५ रहेको मृतक संख्या शनिबारसम्म बढेर ५९ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अभिलेखले देखाएको हो । यद्यपि भदौमा पुष्टि भएको संक्रमण यसअघि नै प्रभावित भएकाहरूमा देखिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरे बताउँछन् । प्रदेश नं २ मा गत साउनमा मात्रै तीन हजार ५४ मा महाव्याधिको संक्रमण भएको हो । साउन मसान्तसम्म कूल छ हजार ९६५ मा संक्रमण पुष्टि भएको थियो । गत साउनमै प्रदेशमा कोभिड–१९ संक्रमण पुष्टि भएका ४२ जनाको मृत्यु भएको थियो । कूल संक्रमित मृत्यु हालसम्मका ५९ मध्ये दुई गत जेठमा र एक असारमा मृत्यु भएका प्रदेश नं २ सरकारको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । असार मसान्तसम्ममा तीन हजार ९११ मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । प्रदेश नं २ मा कोभिड–१९ संक्रमण पहिलोपटक गत चैत महिनाको मध्यपछि पाइएको हो । शुरुमा पर्साको वीरगञ्जमा आएका तीन भारतीयमा संक्रमण पुष्टि भएसँगै त्यसपछि विभिन्न जिल्लामा फैलँदै गएको तथ्यांकले देखाउँछ । चैत मसान्तसम्म प्रदेशमा तीन मात्र देखिएको यो संख्या वैशाख मसान्तमा बढेर ९५ पुगेको हो । तीमध्ये वैशाखमा मात्रै ९२ जना संक्रमण पुष्टि भएका हुन् । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार जेठमा एक हजार ९१९ मा संक्रमण पुष्टि भएपछि यो कूल संख्या जेठ मसान्तसम्म दुई हजार १४ पुगेको देखिन्छ । त्यसैगरी असारमा एक हजार ८९७ नयाँ संक्रमित थपिएका थिए । असार मसान्तमा संक्रमितको कूल सख्ंया तीन हजार ९११ पुगेको अभिलेखले देखाएको छ । पछिल्लोपटक साउन ७ यता लकडाउन हटेपछि प्रदेशमा संक्रमण ह्वात्तै बढेको देखिन्छ । यद्यपि साउन तेस्रो साताको अन्त्यतिर जिल्ला–जिल्लामा निषेधाज्ञा लाग्न थालेपछि प्रदेश नं २ फेरि लकडाउनमा फर्केको छ । साउन ७ गते सरकारले लकडाउन हटाएयता कोभिड–१९ संक्रमण झन्झन् बढ्दै गएपछि साउन २० देखि ठाउँठाउँमा धमाधम निषेधाज्ञा घोषणा गरिदै जाँदा सिङ्गो प्रदेश नै अहिले फेरि बन्दाबन्दीको अवस्थामा पुगेको छ । अहिले प्रदेशका सबै जिल्ला (स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय) ले जिल्लाभरि नै निषेधाज्ञा आदेश जारी गरेका छन् ।                                                                                                                                                                                                                                                                                                                                                                                          रासस
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP