Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २९, २०८३

काठमाडाैं -  नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ (GlobalVisaSewa.com) औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहबीच उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।

यात्रा म्यागजिनद्वारा युवा पर्यटन उद्यमीहरूका लागि आयोजना गरिएको विशेष कार्यक्रम “विङ्स अन्डर फोर्टी” अन्तर्गत मे ८ मा प्लेटफर्मको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा पर्यटन, ट्राभल, हस्पिटालिटी तथा युवा उद्यमशीलतासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

भेन्चर्स होलिडेज प्रा.लि. तथा यसद्वारा प्रवर्द्धित ग्लोबल भिसा सेवा डटकमका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार नेपाली यात्रुहरूले भोग्दै आएका जटिल तथा समय लाग्ने भिसा प्रक्रियालाई सहज, सुरक्षित र डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले ‘ग्लोबल भिसा सेवा डटकम’ विकास गरिएको हो । कार्यक्रममा बोल्दै उनले भने, “अब सबै नेपाली यात्रुहरूले एउटै सुरक्षित प्लेटफर्ममार्फत विश्वका १८० भन्दा बढी देशहरूको भिसासम्बन्धी जानकारी प्राप्त गर्न, विभिन्न देशका लागि आवेदन दिन तथा आवेदन प्रक्रियाको प्रत्येक चरणको रियल–टाइम अपडेट प्राप्त गर्न सक्नेछन् ।”

उनका अनुसार यस प्लेटफर्ममार्फत एउटै लगइन प्रयोग गरेर विभिन्न देशहरूको भिसा आवेदन प्रक्रिया पूरा गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । यसले विशेषगरी विदेश भ्रमण, अध्ययन, व्यवसायिक यात्रा तथा पर्यटनका लागि आवेदन दिने नेपालीहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

Hardik health

कम्पनीका अनुसार प्रयोगकर्ताले नेपाली रुपैयाँमै सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । eSewa, ConnectIPS, साथै स्वदेशी तथा अन्तर्राष्ट्रिय डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने प्रणाली विकास गरिएको कम्पनीले जनाएको छ । यसका कारण धेरै देशका भिसा आवेदनका लागि नेपाली आवेदकलाई डलर कार्ड अनिवार्य हुने बाध्यता समेत हट्ने विश्वास गरिएको छ ।

प्लेटफर्मले परम्परागत भिसा आवेदन प्रक्रियामा देखिने झन्झट, लामो लाइन, अपूर्ण जानकारी तथा जटिल भुक्तानी प्रणालीलाई हटाउँदै सम्पूर्ण सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने लक्ष्य लिएको छ । यसमा डकुमेन्ट भेरिफिकेसन, प्रि–चेकिङ, अपोइन्टमेन्ट बुकिङ, आवेदन ट्र्याकिङ तथा विशेषज्ञ परामर्श सेवा समेत समावेश गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार अनुभवी भिसा विशेषज्ञहरूको टोलीले आवेदन प्रक्रिया, डकुमेन्ट तयारी तथा आवश्यक समन्वयमा सहयोग गर्नेछ । यसले आवेदन अस्वीकृत हुने सम्भावना कम गर्नुका साथै यात्रुहरूलाई थप विश्वसनीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले गरेको छ ।

कार्यक्रममा उपस्थित अधिकारीहरूले नेपालमा डिजिटल ट्राभल सेवाको बढ्दो विस्तारसँगै यस्तो प्लेटफर्मले नेपाली यात्रुहरूलाई अन्तर्राष्ट्रिय भिसा सेवामा सहज पहुँच दिलाउने बताएका थिए । उनीहरूले प्रविधिमैत्री सेवा विस्तारले नेपालको ट्राभल तथा पर्यटन क्षेत्रलाई नयाँ चरणमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कम्पनीले जारी गरेको वक्तव्यमा “भिसा प्रोसेसिङको भविष्य अब डिजिटल, स्मार्ट र अझ बढी कनेक्टेड भइसकेको छ” उल्लेख गरिएको छ । कम्पनीले आफूलाई “नेपालको पहिलो तथा विश्वसनीय ग्लोबल भिसा एप्लिकेसन प्लेटफर्म” का रूपमा प्रस्तुत गरेको छ ।

यो भिसा एप्लिकेसन प्लेटफर्मबाट नेपाली ट्राभल एजेन्सीहरू समेत लाभान्वित हुने कम्पनीको विश्वास छ । यससँगै ट्राभल एजेन्सीहरूले छुट्टै भिसा डेस्क सञ्चालन गर्नुपर्ने, विशेषज्ञ अभावका कारण सेवाको गुणस्तरमा आउने कमी तथा भिसा अस्वीकृत हुने समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
समृद्धि र पोखरा फाइनान्सले सुरु गरे एकीकृत कारोबार
समृद्धि र पोखरा फाइनान्सले सुरु गरे एकीकृत कारोबार शुक्रबार, असार २६, २०८३
  इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार, असार २६, २०८३
कोशी प्रदेशकाे इटहरीमा कजारिया रमेश टायल्सको बजार विस्तार
कोशी प्रदेशकाे इटहरीमा कजारिया रमेश टायल्सको बजार विस्तार बिहीबार, असार २५, २०८३
कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण बिहीबार, असार २५, २०८३
ब्लकको उत्पादन र क्षमतामा वृद्धिमा मेची इन्डस्ट्रिज र  लक्ष्मी इन–फ्याबकाे सम्झौता
ब्लकको उत्पादन र क्षमतामा वृद्धिमा मेची इन्डस्ट्रिज र लक्ष्मी इन–फ्याबकाे सम्झौता बुधबार, असार २४, २०८३
कुमारी बैंक र जर्मन वित्तिय संस्थाबीच साझेदारी
कुमारी बैंक र जर्मन वित्तिय संस्थाबीच साझेदारी बुधबार, असार २४, २०८३
मुक्तिनाथ बैंकद्धारा मिड–डे मील कार्यक्रमलाई सहयोग
मुक्तिनाथ बैंकद्धारा मिड–डे मील कार्यक्रमलाई सहयोग बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP