काठमाडौं - कोका-कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ ।
अधिकांश टोल-छिमेकका मानिसहरू ब्युँझनुअघि नै कसैले आफ्नो पसल खोलिसकेको हुन्छ, त्यस्ता व्यवसायीहरू ग्राहकलाई नामले चिन्छन्, उनीहरूको रोजाइ सम्झन्छन्, हरेक दिन पसल सञ्चालन गर्छन् र विस्तारै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बन्छन् ।
यस अभियानअन्तर्गत तयार गरिएका भिडियोमार्फत त्यस्ता उद्यमी र स्थानीय साना व्यवसायीहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले आफ्नो समुदायमा निरन्तर महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । दैनिक रूपमा देखिने यी परिचित अनुहारहरूको कथा काउन्टरसम्म मात्र सीमित छैन; अभियानले उनीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षलाई पनि उजागर गरेको छ ।
यो अभियानले नेपालमा कोका-कोला र स्थानीय उद्यमीबीच दशकौँदेखि कायम रहेको सम्बन्धलाई पनि झल्काउँछ । यी उद्यमीहरूले स्थानीय व्यवसायलाई अघि बढाउन, रोजगारी र जीविकोपार्जनलाई सहयोग गर्न तथा कोका-कोलालाई देशभरका साझा खुसीका क्षणहरूको हिस्सा बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।
यस अभियानबारे बोल्दै कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कलियाले भने, “स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड हुन् । ‘लोकली योर्स’ अभियानमार्फत हामी उत्पादनभन्दा पर गएर विगत ५० वर्षभन्दा बढी समयदेखि कोका-कोलालाई नेपालीहरूको दैनिक जीवनको हिस्सा बनाउने व्यक्तिहरूको सम्मान गर्न चाहन्छौँ ।”
त्यसैगरी, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानालेले भने, “टोल-छिमेकका साना व्यवसायीहरू हाम्रो व्यवसायको मेरुदण्ड मात्र होइनन्, आफ्ना समुदायका आधार स्तम्भ पनि हुन् । उनीहरूको मेहनत, सम्बन्ध र उद्यमशील सोचका कारण उनीहरूले दैनिक जीवनमा मानिसहरूबीच सम्बन्ध जोड्दै आएका छन्, जसले कोका-कोलालाई नेपालभरका साझा खुशीका क्षणहरूको हिस्सा बनाएको छ । ‘लोकल्ली योर्स’ उनीहरूको कथा, प्रभाव र समुदाय तथा स्थानीय अर्थतन्त्रलाई सशक्त बनाइराख्ने भूमिकाको सम्मान हो ।”
अभियानमा सहभागी व्यवसायीहरूले कोका-कोला कसरी उनीहरूको दैनिक जीवन, खानपान संस्कृति र जमघटको हिस्सा बनेको छ भन्ने अनुभव पनि साझा गरेका छन् । अभियानमा समेटिएका डल्ले रेष्टुरेन्टका सञ्चालक आलोक कोन्जन भने, “ सुरुदेदिनै कोक यस रेष्टुरेन्टको प्रमुख हिस्सा रहँदै आएको छ । मेरो विचारमा, यो हरेक खानापछि अन्तिम आनन्द दिने पेय हो ।”
त्यसैगरी, शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पाले भने, “कोका-कोला बजारमा जताततै पाइन्छ । अहिले त कोक पिउने संस्कार नै बनिसकेको छ । मानिसहरू कोक पिउने चलनलाई पछ्याइ रहेका छन् त्यसैले यसको माग पनि निकै बलियो छ ।” ‘लोकल्ली योर्स’ अभियानले स्थानीय व्यवसायहरूका पछाडि रहेका संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरणादायी कथाहरूको सम्मान गर्ने उद्देश्य राखेको छ । किनकि नेपालका धेरै दैनिक खुसीका क्षणहरू यिनै स्थानीय व्यवसायका कारण सम्भव भएका छन् ।