वासिङ्टन- अमेरिकी सेनाले शुक्रबार पूर्वी प्रशान्त महासागरमा लागु-औषध तस्करीको आशंङ्कामा गरेको पछिल्लो डुंगा आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ । यो सँगै लागु औसत विरुद्धको अमेरिकी अभियानमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १९२ जना पुगेको जनाइएको छ ।
युएस साउदर्न कमान्ड (साउथकम) ले एक जना व्यक्ति आक्रमणबाट बाँचेको र अमेरिकी तटरक्षकलाई खोजी र उद्धार अभियान सुरु गर्न सूचित गरिएको बताएको छ । साउथकमले समाजिक सञ्जाल एक्समा डुंगा नामित आतंकवादी संगठनहरूद्वारा सञ्चालित रहेको र गुप्तचरले जहाज ज्ञात नार्को-तस्करी मार्गहरूमा पुनरागमन गरिरहेको पुष्टि गरेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एउटा सानो डुंगा पानीबाट अघि बढ्दै गएको देखिन्छ, त्यसपछि ठूलो विस्फोट भएको देखिन्छ । ट्रम्प प्रशासनले सेप्टेम्बरको सुरुमा डुंगा तस्करीहरूलाई लक्षित गरी सुरु गरेको आक्रमणले ल्याटिन अमेरिकाबाट सञ्चालन हुने नार्को-आतंकवादीहरू सँग युद्ध बढेको जनाइएको छ ।
यद्दपी प्रशासनले प्रहार गरेको जहाज लागुऔषध तस्करीमा संलग्न भएको निश्चित प्रमाण दिएको छैन । कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले आक्रमणहरु गैरन्यायिक भन्दै उनीहरूले स्पष्ट रूपमा संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित गरेका छन् । शुक्रबारको आक्रमण कम्तिमा एक महिनाको अवधिको दशौँ आक्रमण भएको जनाइएको छ ।
आक्रमणहरूले लागुऔषध तस्करीप्रति अमेरिकी दवावलाई चिह्नित गरेको छ, जसले ऐतिहासिक रूपमा जहाजहरू रोक्ने र सामग्री कब्जा गर्ने गरेको जनाइएको छ । अमेरिकी सेनाले “साउदर्न स्पियर“ नाम दिएको यो अपरेसन कति लामो समयसम्म चल्ने भन्ने बारे केहि बताएको छैन ।