हेग- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस संक्र्रमणको दोस्रो संक्रमण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएका छन् ।
जना महिला यात्रीमा पछिल्लो संक्र्रमण पुष्टि भएको जनाउदै उनले संक्रमित महिलाको अप्रिल- २७ मा मृत्यु भइ सकेको उल्लेख गरेका छन् । एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि संक्रमणको आशंक्रामा उनीहरु सहित करिब १५० जना यात्रुहरु जहाजमै रहेको जनाइएको छ ।
हालै पुष्टि भएको हान्टाभाइरस संक्र्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ ।जहाजमा रहेका दुई जना चालक दलका सदस्यहरूमा तीव्र श्वासप्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवाश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
हाल संक्रमणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परिक्षण गरिरहेको बताइएको छ । हान्ता भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने विश्व स्वास्थ्य सङठनले जनाएको छ । संक्र्रमण सामान्यतया संक्रमितहरूको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानव-देखि अर्को मानवमा सर्ने जनाइएको छ ।