काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा दुरुपयोग भइरहेको भनिएका सरकारी सवारी साधन फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वीकृत मापदण्ड विपरीत प्रयोगमा रहेका सबै सवारी साधन मन्त्रालयमा फिर्ता बोलाउन निर्देशन दिएपछि उक्त अभियान अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न कारण देखाउँदै सरकारी गाडी प्रयोग गरिरहेको सूचना प्राप्त भएपछि अनुगमन तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको हो ।
निर्देशनपछि फिर्ता गरिएका सवारी साधन हाल मन्त्रालय परिसरमै राखिएको जनाइएको छ ।