काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले, सुकुमबासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।
थापाथलीस्थित बागमती किनारमा निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले र यसपछि खाली गराइने ठाउँहरूको सुरक्षा र संरक्षण गर्न भनेकी हुन् ।
ती क्षेत्रमा तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम सुरू हुने महानगरले जनाएको छ ।
डंगोलले सुकुमबासीका लागि बनाइएको नागार्जुनको इचङ्गुस्थित कोलोनीको आइतबार निरीक्षणसमेत गरेकी थिइन् ।