काठमाडौं - गायक प्रेम लामा र गायिका जीतु लोप्चनको ‘ट्याटु बटरफ्लाई’ को सर्वाधिक चर्चापछि अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार जिग्री इन्टरटेन्मेन्टको अफिसियल युट्युबबाट गायक लामा र लोप्चनको स्वरमा नयाँ गीत “दाइको ससुराली” सार्वजनिक भएका हुन् ।
‘ट्याटु बटरफ्लाई’ दर्शक स्रोताले अत्यधिक रुचाएका छन् । छोटो समयमै उक्त म्युजिक भिडियो २८ लाखभन्दा बढि दर्शकले हेरिसकेका छन् भने १ लाख ६० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले टिकटकमा अभिनय गरेका छन् ।
गायक प्रेम लामा र गायिका जितु लोप्चनको स्वरमा केमिस्ट्री मिलेको चर्चासंगै “दाइको ससुराली” पनि त्यही लयमा सार्वजनिक भएको छ । रमिला तामाङ गोले निर्मता रहेको “दाईको ससुराली” गीत पारीजात नेपाल स्टिडियोमा रेकर्ड भएका हुन् । गीतमा शब्द संगीत राजु लामा थिङको रहेको छ भने संगीत संयोजन करसाङ लामा गरेका छन् ।
पछिल्लो समयको माग अनुसार दर्शक स्रोताको मन मुट्टुमा पस्न सफल गीत गाउँदै आएकी जीतु लोप्चन र प्रेम लामाले ठट्यौली पाराको गीत ‘ट्याटु बटरफ्लाई’ मा स्वार दिइएका हुन् । गायक प्रेम लामा र गायिका जीतु लोप्चनले यस अघि पनि तामाङ सेलो गीत ‘ग्रम्बरी पोगोल सुङ्फिरे मे’ युगल रुपमा गाएका थिए ।
त्यस्तै दाइको ससुराली गीतको भिडियो समेत सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा कलाकारहरू याङ्गी दोङ, अन्कित लामा, एन्जिला लामा र सन्जिव थोकरले अभिनय गरेका छन् ।
सरु गोले निर्मता रहेकी म्युजिक भिडियोमा कोरियोग्राफर सन्जिव थोकरको निर्देशन तथा दुर्गा श्रेष्ठको छायाँकन रहेको छ । उक्त म्यूजिक भिडियोको सम्पादन अनिल बिष्ठ प्यूठानीले गरेका हुन् । जल राप्ती डिजिटल म्युजिक प्रा.लि. को पोस्ट प्रोडक्सनमा रहेको त्यस म्युजिक भिडियोका कलाकारहरुको श्रृंगार सपना दाहालले गरेकी हुन् ।
भिडियो