Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
कृषि
  • Home
  • कृषि
  • गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ९, २०८३
File photo

टीकापुर -  कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् । पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन् । खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन् । 

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा किसानले गहुँ भित्र्याउने काम सकिएको छ । बारीमा रहेका गहुँका नल सफाइ गर्न किसानले खेतबारीमा आगो लगाउँदा धनजनको क्षतिका घटना हुने भएकाले सचेत हुन कैलालीको जानकी गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नल÷भुसा खेतमा नजलाई गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले जानकारी दिए । टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ । गौशालामा रहेका गाईवस्तुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउनु असल कर्म हुने जानकी–४ का रतन धामीको भनाइ छ ।

जोशीपुर गाउँपालिकाले खेतमा आगो लगाउँदा मानव बस्ती आगलागीजन्य घटना बढेकाले आगो नलगाउन आह्वान गरेको छ । “आगो लगाउँदा सुक्ष्म जीवहरू मर्न गई माटोका उर्वराशक्ति ह्रास हुन्छ, माटोको भौतिक, जैविक र रासायनिक गुण बिग्रन्छ”, गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरीले भने, “वातावरण प्रदूषण हुने, पशु आहारामा कमी हुने हुँदा भुसा सङ्कलन गरी पालिकाले सञ्चालन गरेको गौशालामा बिक्री गरी सघाउन अनुरोध गरेका छौँ ।

Hardik health

पालिकाले गहुँको भुसाको मूल्य तोकेर बिक्री गर्ने किसानलाई पालिकामा आवेदन दिन सूचना गरेको छ । पालिकाले किसानको भुसा पशुको आहाराका लागि खरिद गर्ने भएको छ । पालिकाले तोकेको मूल्यअनुसार प्रतिट्रली भुसा रु तीन हजार ७००, प्रतिडनलप रु दुई हजार ५०० तोकेको छ । किसानको भुसा पालिकाले खरिद गर्ने, बिक्री गर्ने किसानले जोशीपुर–३ बञ्जरियामा रहेको काञ्जी हाउसमा पुर्याउनुपर्ने जनाएको छ ।

यसैगरी टीकापुर नगरपालिकाले पनि खेतबारी आगो नलगाउन आग्रह गरेको छ । गहुँ बारीमा लगाएको आगोले खतरा भएका यसअघिका घटनाले पनि सचेत गराएकाले आफूहरूले पछिल्ला केही वर्षयता आगो नलगाउन सचेत गराउने गरेको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताए । “खेत सफा गर्ने भनी आगो लगाउँदा कहिलेकाहीँ घर तथा बस्तीमा आगलागी भइदिन्छ”, उनले भने, “हामीसँग एकमात्र दमकल छ, जनशक्ति पनि पर्याप्त छैन, खेतमा लगाएको आगो निभाउन दमकल पठाउनुपर्ने बाध्यता हुन्छ ।”

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत माटो सुरक्षाका लागि भए पनि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ । बाली विकास अधिकृत गिरिशराज जोशीले आगो लगाउँदा प्रदूषण बढ्नुका साथै माटोमा भएका मित्र कीराहरू पनि मर्ने भएकाले फाइदा नहुने बताए । “खेतबारीमा आगो लगाउनुका सट्टा जोतेर पल्टाइदिएमा गलेर मल बन्छ”, उनले भने, “मलको समस्या टार्नका लागि यतिबेला बाँझो जमिनमा ढैचा खेती गरेर हरियो मलका रूपमा प्रयोग गर्न सकिन्छ ।”

गत वर्षबाट किसानलाई सचेत गराएका कारण यस वर्षको अहिलेसम्म टीकापुरमा तीनवटा मात्र आगलागीका घटना भएका छन् । गत वर्ष यो सिजनमा १२ वटा आगलागीका घटना भएका थिए । टीकापुरको दमकलले यहाँका पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकासम्म आगो निभाउन सेवा दिनुपरिरहेको छ । यस वर्ष भजनीमा दमकल ल्याएपछि केही राहत भएको छ । गर्मीका समयमा मानिसको सानासाना लापरवाहीले आगलागीका घटना हुने गरेका छन् ।

Powered By  Orson Infotech
 


प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग बुधबार, साउन ६, २०८३
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो शुक्रबार, साउन १, २०८३
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन बिहीबार, असार ३२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP