काठमाडौं- चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संंघ नेपालको अध्यक्षमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रिय समितिका महासचिव पत्रकार समीर बलामी पुनः निर्वाचित भएका छन् । शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा पत्रकार बलामी निर्वाचित भएका हुन् ।
संघको सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाईं, खुल्लातर्फ सचिवमा मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) तथा सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।
यसैगरी संघको सदस्यमा युवर्ण पौडेल, रतनबहादुर चन्द, सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, दीपराज क्षेत्री र सालिकराम न्यौपानेलाई चयन गरिएको संघका महासचिव चापागाईंले जानकारी दिए ।