काठमाडौं- बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएकाे छ । सुन प्रतितोला १ हजार २सय रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १३०रुपैयाँ मा कारोबार भएको थियो ।