सिन्ह्वा- इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबार देखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र , केही एयरपोर्टहरू र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।
देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुन जनाइएको छ ।
गत फेब्रुअरी- २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।