काठमाडौं - टेलिटकले नेपाली बजारमा नयाँ स्मार्टफोन शृंखला ‘POCO X8 Series’ सार्वजनिक गर्दै दुई प्रमुख मोडेल POCO X8 Pro 5G र POCO X8 Pro Max 5G सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी दुवै डिभाइस उच्च प्रदर्शन र आधुनिक फिचरसहित बजारमा ल्याइएको हो।
POCO X8 Pro 5G मा फ्ल्यागशिप Dimensity 8500-Ultra प्रोसेसर प्रयोग गरिएको छ, जसले उच्च प्रदर्शनसँगै ऊर्जा खपतलाई सन्तुलित बनाउँछ। यसमा 6500mAh क्षमताको ब्याट्री, 100W HyperCharge र 27W रिभर्स चार्जिङ सुविधा दिइएको छ। क्यामेरातर्फ 50MP मुख्य क्यामेरा, 8MP अल्ट्रा–वाइड र 20MP फ्रन्ट क्यामेरा समावेश गरिएको छ। 6.59 इन्चको 1.5K 120Hz AMOLED डिस्प्ले र IP68 वाटर तथा डस्ट रेसिस्टेन्स यसको विशेषता रहेको छ।
त्यसैगरी, POCO X8 Pro Max 5G मा अझ शक्तिशाली Dimensity 9500s प्रोसेसर राखिएको छ। यसमा 8500mAh क्षमताको ठूलो ब्याट्री, 100W HyperCharge, 27W रिभर्स चार्जिङ तथा स्मार्ट चार्जिङ सुविधा दिइएको छ, जसले दुई दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ। 6.83 इन्चको 1.5K 120Hz AMOLED डिस्प्ले, 50MP मुख्य क्यामेरा, 8MP अल्ट्रा–वाइड र 20MP फ्रन्ट क्यामेरा यसमा समावेश छन्। साथै, IP68 रेटिङका साथ यो फोन पानी, धुलो, झट्का र दबाबबाट सुरक्षित रहने बताइएको छ।
टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले POCO X8 Series गेमिङ मात्र नभई उच्च प्रदर्शन खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको बताए। उनका अनुसार आकर्षक डिजाइन, शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र HyperAI प्रविधिले प्रयोगकर्तालाई सन्तुलित अनुभव प्रदान गर्नेछ।
मूल्यतर्फ POCO X8 Pro 5G को 8GB+256GB भेरियन्टको मूल्य ६३,९९९ रुपैयाँ र 12GB+512GB भेरियन्टको मूल्य ७३,९९९ रुपैयाँ तोकिएको छ। POCO X8 Pro Max 5G को 12GB+256GB भेरियन्ट ७९,९९९ रुपैयाँ र 12GB+512GB भेरियन्ट ८९,९९९ रुपैयाँमा उपलब्ध हुनेछ।
कम्पनीले उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै ९ महिनासम्मको ईएमआई सुविधा र १ वर्षको ब्रान्ड वारेन्टी पनि उपलब्ध गराएको जनाएको छ। दुवै मोडेल टेलिटकका आधिकारिक शोरुम, आउटलेट तथा दराजमार्फत खरिद गर्न सकिनेछ।