Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड
क्रस बोर्डर टुरिजम् कन्क्लेभ-२०२६ पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २७, २०८२

झापा - नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको “क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६” को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवर्द्धन, नीतिगत सुधार र नेपाल-भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ । शुक्रबार झापाको होटल मेची क्राउनमा भएको कार्यक्रममा वक्ताहरुले पर्यटन विस्तारका लागि व्यवहारिक सुधार, पूर्वाधार विकास र संयुक्त बजार प्रवर्द्धनमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सीमापार पर्यटनले प्रदेशको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । उनले भने, “आजको यस सीमापार पर्यटन कन्क्लेभमार्फत् कोशी प्रदेशलाई थप प्रवर्द्धन गर्न योगदान पुगेको छ । तर दु:खको कुरा के छ भने सरकारले कोशी भ्रमण वर्षका लागि छुट्याएको बजेट समेत कार्यान्वयन गर्न सकेका छैनौं ।”

उनले झापालाई पर्यटन हबका रूपमा विकास गर्न सेवामा सुधार, आकर्षक प्याकेज र नीतिगत सुधार आवश्यक रहेको बताए । उनले भने, “हामीले पर्यटकलाई दु:ख दिने, हैरानी गराउने र हेर्ने दृष्टिकोण बदल्न सकेमा पर्यटक आगमन संख्या बढाउन सकिन्छ,” उनले भने ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस कन्क्लेभको निरन्तरताले पर्यटन विकेन्द्रीकरणमा सहयोग पुगेको बताए । “तेस्रो संस्करणमा आइपुग्दा हामी उत्साहित छौं । काठमाडौं केन्द्रित पर्यटनलाई बाहिर ल्याउन हामीले यस्तो कार्यक्रम गरिरहेका छौं,” उनले भने । बोर्डका निमित्त निर्देशक शर्माले सीमापार पर्यटनलाई राष्ट्रिय योजना आयोगका योजनामा समावेश गर्न पहल गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

Hardik health

अध्यागमन कार्यालय काकडभिट्टाका प्रमुख तुलसी भट्टराईले नाकामा सहजीकरणका लागि अध्यागमन कार्यालय सधैं तयार रहेको जानकारी गराएका छन् । “हामीले भारतको अध्यागमन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिइरहेका छौं,” उनले भने । उनका अनुसार फागुन महिनामा मात्र १ हजार ५ विदेशी पर्यटक काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन् । “साउनदेखि फागुनसम्म ६ हजार ७९१ विदेशी पाहुना भित्रिएका छन्, र यो वर्ष ९ हजार पुग्ने अपेक्षा हामीले गरेका छौं,” उनले भने । भट्टराईले भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका लागि विदेशी पर्यटक पठाउनसमेत आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमापार पर्यटनलाई सरोकारवाला निकायले ढिलो बुझेको उल्लेख गर्दै सहकार्यको महत्त्वमा जोड दिए । “सीमापार पर्यटनलाई हामीले ढिलो बुझ्यौं, त्यसैले आज हामी अझै सीमापार पर्यटनका आयामबारे सिकिरहेका छौं । सहकार्य र समन्वयबिना पर्यटन विकास सम्भव छैन,” उनले भने । उनले भारतीय पर्यटक नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गर्दै थपे, “नेपालमा भारतीय पर्यटन ३० लाखभन्दा बढी आउँछ, तर खुला सिमानाका कारण यसको औपचारिक तथ्यांक छैन ।” थपलियाले सीमापार पर्यटन विकासका लागि हाम्रो व्यवहार पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन् ।  उनले थपे, “चाहे आवागमनमा होस्, चाहे चेकजाँचमा वा सेवामा, हामीले सुधार गर्न सकेनौं भने पर्यटन विकासमा हामी अझै पछि पर्नेछौं ।” थपलियाले कोशी प्रदेशसहित काठमाडौं बाहिरका गन्तव्यहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) का महासचिव सम्राट सन्ज्यालले नेपाल–भारत संयुक्त रूपमा पर्यटन उत्पादन विकास गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । उनले भने, “पछिल्लो १० वर्षको पर्यटन गतिविधि हेर्दा नेपाल र भारतलाई संयुक्तरुपमा अन्तर्राष्ट्रिय मञ्‍चहरुमा प्रबर्द्धन गरिएको देखिँदैन । तर, सीमापार पर्यटन कन्क्लेभ मात्रै एउटा यस्तो प्लेटफर्म हो, जहाँ नेपाल र भारतलाई संयुक्तरुपमा प्रबर्द्धन गरिएको छ ।”  उनले सीमामा आवागमनलाई थप सहज बनाउन र नीतिगत अवरोध हटाउन दुवै देशले सहकार्य गर्नुपर्ने बताए । “ यो समय भनेको एकताको समय हो र यसका लागि हामीले सँगसँगै दुबै देशका नीति निर्मातालाई दुबै देशको पर्यटन प्रबर्द्धनात्मक नीति निर्माणका लागि दबाब सिर्जना गर्नुपर्छ,” उनले थपे ।

नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) का अध्यक्ष ऋषिराज तिमिल्सिनाले सीमापार पर्यटन कन्क्लेभले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए । “विगत तीन वर्षदेखि आयोजना भइरहेको यो कन्क्लेभले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने । उनले पर्यटकको बसाइ लम्ब्याउन नयाँ प्याकेज आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको लगानी बढ्दै गएको समेत जानकारी गराए ।

कार्यक्रममा बिहार, सिक्किम र पश्‍चिम बंगाल (भारत) र कोशी प्रदेश (नेपाल) का पर्यटन सम्भावनाबारे भिडियो प्रस्तुतीकरण गरिएको थियो । यसका साथै “सीमापार पर्यटन: अवसर र चुनौती” शीर्षकमा आयोजित अन्तर्क्रियामा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, एचएचटीडीएनका महासचिव सम्राट सन्ज्याल तथा पर्यटन व्यवसायी केसरी गुरुङलगायत विज्ञहरूले सीमापार पर्यटनका संरचनागत, नीतिगत र पूर्वाधारगत पक्षमा छलफल गरेका थिए । छलफलका क्रममा निर्माणाधीन एसियन हाइवे नेटवर्कलाई क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्ने ‘गेमचेन्जर’ पूर्वाधारका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी उपयोगले नेपाल–भारत पर्यटन प्रवाहमा गुणात्मक वृद्धि ल्याउने विश्वास व्यक्त गरिएको छ ।

अन्तर्क्रियामा वक्ताहरूले सीमापार आवागमनलाई सहज बनाउन कर तथा शुल्क तिर्ने प्रक्रियालाई एकद्वार प्रणालीमार्फत् सरलीकरण गर्नुपर्ने, सीमामा हुने विभिन्‍न जाँच प्रक्रिया व्यवस्थित गर्नुपर्ने तथा सेवा प्रवाहमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए । साथै, नेपालको सडक सञ्जाल विस्तार, गुणस्तरीय पूर्वाधार विकास, डिजिटल प्रणाको प्रयोग र पर्यटकमैत्री व्यवहार सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिएको थियो ।कन्क्लेभका क्रममा पर्यटन सञ्जाल झापा र भारतको एचएचटीडीएनबीच दुवै देशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन तथा दिगो पर्यटन विकासका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको छ ।

उक्त समझदारीपत्रमार्फत् क्षेत्रीय पर्यटन प्रवर्द्धन, सीमापार पर्यटन विस्तार, अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन तथा नीतिगत सुधारका लागि आ–आफ्नो मुलुकमा पहल गर्ने सहमति भएको छ । कार्यक्रममा भारतबाट ६० पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । यसका साथै कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनीसमेत गरिएको थियो । 

 


प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
विदेशी पर्यटक बढे
विदेशी पर्यटक बढे शनिबार, असार २०, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP