काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूवीकुमारी ठाकुर लाई समर्थन गर्ने निर्णय गरेको छ।
प्रतिनिधि सभाको बैठकअघि बसेको रास्वपाको संसदीय दल बैठकले ठाकुरको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
आजै उपसभामुखको निर्वाचन तय गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा पनि उम्मेदवार रहेकी छन्। निर्वाचन अपराह्न ४ बजे बस्ने कार्यसूची छ।
यसअघि अपराह्न ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेल ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।