Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #हुलाकी राजमार्ग
  • #नारायणगढ-मुग्लिन सडकखण्ड
  • #पुष्पकमल दाहाल
  • #धनुषा कर्फ्यु
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • देशको आर्थिक प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
देशको आर्थिक प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२

काठमाडौं -  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  पत्रकारहरुको सम्मानमा बुधबार काठमाडौंमा आयोजित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राखेका छन् । 

अध्यक्ष ढकालले पत्रकारहरूले सरकार, निजी क्षेत्र र नागरिकबीच सेतुको भूमिका निर्वाह गरेको उल्लेख गर्दै पत्रकारितालाई नीति निर्माणमा मार्गदर्शक शक्ति रहेको धारणा राखेका छन् । अध्यक्ष ढकालले आफ्नो कार्यकालको अन्त्यतिर आयोजित कार्यक्रमलाई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै महासंघले सधैं सञ्चारमाध्यमबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरेको धारणा राखेका छन् । 

उनले कोभिड-१९ पछिको आर्थिक संकुचन र पछिल्ला गतिविधिका कारण अर्थतन्त्र प्रभावित भए पनि महासंघले नीतिगत पैरवी, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा काम गर्दै आएको बताए । “ विभिन्न कारणले अर्थतन्त्र प्रभावित भयो, यद्यपी महासंघले आर्थिक संकट समाधान, लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरि यो अवधीमा काम गर्‍यो ।”  उनले भने , “यस अवधिमा कानूनी सुधार, उच्चस्तरीय आर्थिक सुधार आयोग गठन तथा त्यसका सुझाव कार्यान्वयन तथा राष्ट्रिय आर्थिक बहसमार्फत आर्थिक विकासका मुद्दामा साझा धारणा निर्माण गर्ने प्रयास महासंघले गरेको छ । ” 

Hardik health

तीन वर्षको अवधिमा महासंघले नीतिगत सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले परम्परागत माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाइएको बताए ।  महासंघले राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको र सो आयोगको शिफारिश अनुसार ३० भन्दा बढी कानुन संशोधन गरिएको धारणा राखे । 

साथै उनले महासंघकै शिफारिश अनुसार नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरेको र यसले लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे  । अध्यक्ष ढकालले महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई विभिन्न देशहरूसँग सम्झौताको प्रक्रिया अघि बढाइएको जानकारी दिए । सोही अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार, बेलायतलगायत देशमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास गरिएको बताए।  

उहाँले महासंघकै पहलमा आन्तरिक लगानी प्रवद्र्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र यसले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ,नेपाल आर्थिक पत्रकार समाज (सेजन),आर्थिक पत्रकार संघ (नाफिज),नेपाल महिला आर्थिक पत्रकार संघ (फेजा),इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) तथा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) लाई संस्थागत रुपमा सम्मान गरिएको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शुक्रबार, साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP