Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२

एएफपी- अमेरिका-इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबीच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहलहरू एकसाथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट सङ्केत दिएको हाे । 

इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले बिहीबार इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ । उसले यस कदमलाई अमेरिका–इरान युद्धविरामको ‘उल्लङ्घन’ विरुद्धको प्रतिक्रिया भनेको छ । एक दिनअघि मात्र लेबनानभरि भइरहेको इजरायली आक्रमणको घातक शृङ्खलाप्रति प्रतिक्रिया दिने ‘अधिकार’ रहेको उसले सार्वजनिक रूपमा बताएको थियो ।
यसैबीच, इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होरमुज जलडमरूमध्य क्षेत्रमा समुद्री जोखिम बढेको भन्दै जहाजहरूका लागि वैकल्पिक समुद्री मार्ग घोषणा गरेको छ । सो मार्गमार्फत आवतजावतका लागि नयाँ निर्देशिका समेत सार्वजनिक गरिएको छ, जसले क्षेत्रीय व्यापार र ऊर्जा आपूर्तिमा असर पार्ने सङ्केत देखाएको छ ।

लेबनानमा भएको आक्रमणप्रति अन्तर्राष्ट्रिय रेड क्रस समितिले तीव्र आक्रोश व्यक्त गरेको छ । लेबनानस्थित प्रतिनिधिमण्डल प्रमुख एग्नेस धुरले नागरिकहरू युद्धविरामको प्रतीक्षामा रहेका बेला भएको ‘विनाशकारी आक्रमण’ ले देशलाई त्रास र अराजकतामा धकेलेको बताए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने अमेरिका र इरानका नेताहरूसँग संवाद गर्दै लेबनानलाई समेत युद्धविरामको दायरामा समेट्न आग्रह गरेका छन् । उनले सबै सङ्घर्षग्रस्त क्षेत्रहरूमा युद्धविरामको पूर्ण पालना हुनुपर्नेमा जोड दिए ।

Hardik health

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुतले हालसम्मकै सबैभन्दा भीषण बमबारी झेलेको जनाइएको छ । इजरायली रक्षामन्त्रीले भने हिजबुल्लाहका संरचनाहरू लक्षित गरी आक्रमण गरिएको र यसलाई सन् २०२४ पछि उक्त समूहविरुद्धकै ठूलो कारबाही भएको दाबी गरे ।

उता, तेहरानमा बसोबास गर्ने सर्वसाधारणमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले युद्धविराम दिगो नहुने चिन्ता व्यक्त गरेका छन् भने धेरैले हप्तौँको तनावपछि राहत महसुस गरेको बताएका छन् । ५० वर्षीया गृहिणी साकिनेह मोहम्मदीले आफूहरू अहिले ‘धेरै सहज’ भएको र देशप्रति गर्व लागेको बताए।

आर्थिक क्षेत्रमा भने युद्धविरामको प्रभाव देखिन थालेको छ । तेल तथा ग्यासको मूल्य घटेको छ भने विश्व सेयर बजारमा सुधार आएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज करिब २.९ प्रतिशतले बढेको छ भने प्रमुख तेल सम्झौता करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ डलरमा झरेको छ । यसले होरमुज जलडमरूमध्य पुनः खुल्न सक्ने अपेक्षा बलियो बनाएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले लेबनानमा इजरायली आक्रमण रोक्नु क्षेत्रीय युद्ध अन्त्यका लागि प्रस्तुत १० बुँदे योजनाको मुख्य शर्त भएको बताएका छन् । इजरायलले हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण सुरु गरेपछि उनको यस्तो धारणा सार्वजनिक भएको छ।

यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लामाबादमा हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्ने तयारी गरेका छन् । उनीसँगै विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पनि सहभागी हुने बताइएको छ । भान्सले इरानलाई लेबनानमा युद्धविराम अवरुद्ध नगर्न आग्रह गर्दै त्यहाँको द्वन्द्व हालको सहमतिको हिस्सा नभएको स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले लेबनानमा भइरहेको हिंसालाई ‘भयावह’ भन्दै कडा आलोचना गरेका छन् । उनले युद्धविराम सहमति भएको केही घण्टामै भएको यस्तो आक्रमणले विश्वासमाथि गम्भीर चोट पुर्‍याएको बताए। रेड क्रसले पनि यस घटनाबाट ‘गहिरो आक्रोश’ व्यक्त गरेको छ ।

यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आवश्यक परे इरानविरुद्ध पुनः युद्धमा फर्कन आफूहरू तयार रहेको स्पष्ट पारेका छन् । “हामीसँग अझै पूरा गर्न बाँकी लक्ष्यहरू छन् र ती हामी सम्झौता वा लडाइँमार्फत पूरा गर्नेछौँ”, उनले टेलिभिजन सम्बोधनमा भने।
 


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP