Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा
इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

एएनआई- इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको हाे ।

द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ । प्रतिवेदनअनुसार खामेनेई कोममा उपचाररत रहेको र उनी हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन नसक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ ।

सो मेमोले पहिलोपटक उनको ठ्याक्कै स्थानसमेत खुलाएको दाबी गरिएको छ । यस विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई समेत जानकारी रहेको जनाइएको छ । वासिङ्टनस्थित इरानको प्रतिनिधित्वसँग पनि यसबारे सम्पर्क गरिएको उल्लेख गरिएको छ, जसले पाकिस्तानस्थित दूतावासमार्फत काम गर्दै आएको बताइएको छ । पश्चिम एसियामा द्वन्द्व सुरु भएयता खामेनेई सार्वजनिक रूपमा देखिएको छैन । उनको नाममा जारी गरिएका सन्देशहरू भने इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका छन् ।

Hardik health

त्यसैबीच, सोही प्रतिवेदनमा खामेनेईको सम्भावित निधनलाई ध्यानमा राख्दै कोममा अन्त्येष्टि तयारीसमेत सुरु गरिएको उल्लेख गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन । यस घटनाक्रमबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले मङ्गलबार राति ८ः०० बजे (पूर्वी समय) सम्म सम्झौतामा नआए पूर्वाधारमा गम्भीर असर पर्ने चेतावनी दिए।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यो अवस्थालाई ‘महत्त्त्वपूर्ण अवधि’ का रूपमा वर्णन गरे । उनका अनुसार इरानले थप समय मागेपछि १० दिनको समय दिइएको थियो, जसको अन्तिम समय अब नजिकिएको छ । “उनीहरूसँग भोलिसम्म समय छ, त्यसपछि के हुन्छ हेर्नु पर्नेछ”, उनले भने, “यदि सम्झौता भएन भने उनीहरूसँग कुनै पुल रहने छैन, कुनै पावर प्लान्ट रहने छैन र अवस्था झन् खराब हुनेछ ।”

ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्व सन्दर्भमा आफूले सुरुमा बलियो इरानको सामना गर्नुपरेको भए पनि अहिले अवस्था बदलिएको दाबी गरे । उनले विगतका अमेरिकी प्रशासनहरूले समयमै कदम नचालेको टिप्पणी गर्दै अहिलेको रणनीति ढिलो भए पनि आवश्यक भएको बताए ।

“हामी ४७ वर्षदेखि यिनीसँग व्यवहार गर्दै आएका छौँ”, उनले भने, “पहिले नै कदम चालिएको भए अवस्था फरक हुन सक्थ्यो, तर अहिले पनि हामी आवश्यक निर्णय लिइरहेका छौँ ।” यो घटनाक्रमले इरानको आन्तरिक नेतृत्व, क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा थप जटिलता थप्ने सङ्केत देखिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित मंगलबार, चैत २४, २०८२
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली मंगलबार, चैत २४, २०८२
इजरायलका प्रधानमन्त्री नेतन्याहुले  प्लान्ट ध्वस्त पारेको दाबी
इजरायलका प्रधानमन्त्री नेतन्याहुले प्लान्ट ध्वस्त पारेको दाबी मंगलबार, चैत २४, २०८२
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ मंगलबार, चैत २४, २०८२
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति सोमबार, चैत २३, २०८२
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP