Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २२, २०८२

एएफपी- खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने सरकारी प्रस्तावलाई माल्दिभ्सका मतदाताले जनमतमार्फत अस्वीकार गरेका छन् । शनिबार सम्पन्न जनमत सङ्ग्रहको आधिकारिक नतिजाअनुसार ६८.७७ प्रतिशत मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यसले सरकारको योजना स्पष्ट रूपमा खारेज भएको देखाएको छ ।

निर्वाचन आयोगका अनुसार करिब दुई लाख ९४ हजार मतदाता रहेको देशमा झन्डै दुई तिहाइले मतदानमा सहभागिता जनाएका थिए । सोही दिन सम्पन्न स्थानीय परिषद् चुनावले पनि सत्तारूढ पक्षका लागि निराशाजनक सन्देश दिएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कङ्ग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी माले र दोस्रो ठूलो क्षेत्र अड्डुको प्रमुख परिषद्मा विजय हासिल गरेको छ ।

राष्ट्रपति मुइज्जुले सामाजिक सञ्जाल एक्समार्फत चुनाव परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजेताहरूलाई बधाई दिनुभयो । उहाँले देश आर्थिक चुनौतीबाट गुज्रिरहेका बेला खर्च घटाउने उपायका रूपमा दुवै राष्ट्रिय चुनाव एकैपटक गराउने प्रस्ताव अघि सारेका  थिए ।  यसबाट करिब ८० लाख अमेरिकी डलर बचत हुने दाबी गरिएको थियो । प्रस्तावअनुसार वर्तमान संसद्को कार्यकाल करिब पाँच महिना घटाएर सन् २०२८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावसँग मिलाउने योजना थियो । तर मतदाताले यसलाई समर्थन नगरेपछि उक्त योजना कार्यान्वयन नहुने भएको छ ।

Hardik health

यसअघि सरकारले सन् २०२४ मा अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट अस्वीकार गर्दै आन्तरिक खर्च कटौतीको नीति अघि सारेको थियो । त्यसक्रममा राष्ट्रपतिको तलब आधा गर्ने निर्णयसमेत गरिएको थियो । करिब तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्सले आफ्नो आर्थिक समस्या अस्थायी भएको र बाह्य सहायता नलिने अडान दोहोर्‍याउँदै आएको छ ।


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP