Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • बालेन्द्र सरकारमा उत्साहित राजतन्त्रपक्षधर
बालेन्द्र सरकारमा उत्साहित राजतन्त्रपक्षधर
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत २२, २०८२

 

विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौं ।
ज्ञानेन्द्र शाही
प्रतिनिधिसभा सदस्य, राप्रपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र्र शाह प्रधानमन्त्री भएको पहिलो सातामै राजतन्त्र पक्षधरहरू अस्वाभाविकरूपमा उत्साहित देखिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा यी शक्तिहरूलाई व्यवस्थाविरोधी शक्ति भनिँदै आएको छ ।

प्रधानमन्त्री शाहले राजतन्त्र पक्षधर आफ्ना राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल गठन गरेको र गणतन्त्र पक्षधर नेताहरू, उनीहरूलाई समर्थन गर्ने व्यापारिक घरानाका सदस्यहरूदेखि प्रशासनिक संयन्त्रका अधिकारीहरू पक्राउ पर्दा उनीहरूले हर्ष मानेका छन् ।

Hardik health

मैले चार वर्षदेखि जे भन्दै आएको थिएँ, आज गणतन्त्रका यी भ्रष्टाचारीहरू र तस्करहरूलाई पक्राउ गरिएको छ । अब राष्ट्र र जनता जोगाउन राजतन्त्रतिर देशलाई लानुपर्छ ।
दुर्गा प्रसाईं
राजतन्त्र पक्षधर व्यवसायी

राजतन्त्र पक्षधर अभियन्ता दुर्गा प्रसाईंले शनिबार ‘आफैं प्रधानमन्त्री भएको अनुभूत गरेको’ बताए । चार वर्षअघिदेखि आफूले उठाएको एजेण्डाअनुसार भ्रष्टाचारी, तस्करहरूलाई बालेन्द्रले पक्राउ गरेको बताएका छन् । ‘मैले चार वर्षदेखि जे भन्दै आएको थिएँ, आज गणतन्त्रका यी भ्रष्टाचारीहरू र तस्करहरूलाई पक्राउ गरिएको छ । अब राष्ट्र र जनता जोगाउन राजतन्त्रतिर देशलाई लानुपर्छ,’ उनले भनेका छन् ।

संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारी पनि बालेन्द्र सरकार बनेपछि राजावादी कित्तामा उभिएका छन् । हालै एक अन्तर्वार्तामा उनले भने, ‘यत्तिको बलियो सरकारले त राजालाई पुनःस्थापना गर्नुपर्छ ।’ उनको विचारमा राजतन्त्र पुनःस्थापित भए देशको स्वतन्त्र अस्तित्व रक्षा हुन्छ, नभए हुँदैन । दुई वर्षपछि राष्ट्रपतिको निर्वाचन हुने र त्यो राजा पुनःस्थापित गर्ने राम्रो प्रस्थानबिन्दु हुन सक्ने उनको भनाइ छ । ‘यो पार्टी (रास्वपा)ले विचार गर्न सक्दछ । यसै पनि दुई वर्षपछि चुनाव गर्नुपर्छ राष्ट्रपतिको, त्यो राम्रो प्रस्थानबिन्दु हुन सक्दछ,’ अधिकारीले भने ।

डकुमेन्टको आधारमा भन्दा रास्वपाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्छ तर त्यहाँ भएका कतिपय नेता र तिनको राजनीतिक व्यवहारले पुरानै व्यवस्थाको पक्षपाति हो क्या हो ? भन्ने लाग्छ । 
तारानाथ घिमिरे
प्राध्यापक

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको जनादेश गणतन्त्र मास्ने छैन । अर्थात्, राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापित गर्ने जनादेश होइन । रवि लामिछाने नेतृत्वको रास्वपाले यी दुवै एजेण्डा लिएर निर्वाचनमा गएको थिएन । मात्रै ‘देश बनाउने’ मुख्य एजेण्डा थियो । संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता फ्याँक्ने भनेका थिएनन् । अझ प्रधानमन्त्री बालेन्द्रले त भनिसकेका छन्, ‘म हिन्दू परिवारमा जन्मेँ तर मैले गौतम बुद्धलाई अनुशरण गर्छु ।’

उनले प्रदेश खारेजीभन्दा पनि अधिकार सम्पन्न बनाउने गत ५ माघमा जनकपुरधाममा बताए । झापा पुगेर पनि त्यही दोहो¥याए । विगतका यी अभिव्यक्तिहरूले प्रधानमन्त्री बालेन्द्र र उनको दल रास्वपा व्यवस्थाविरोधी कित्तामा नउभिने कतिपयको अनुमान छ । 
यद्यपि, बालेन्द्र प्रधानमन्त्री भएको एक सातामै व्यवस्थाविरोधी राजतन्त्र पक्षधरहरू उत्साहले केही न केही संकेत गर्छ । राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि डेढ दशकदेखि जोडबल गरिरहेको तर जनमत प्राप्त गर्न नसकेको दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि एक अन्तर्वार्तामा रास्वपा र उसको सरकारलाई व्यवस्था फेरौं भन्ने तर त्यो रास्वपाको निर्णयले भर गर्ने बताएका थिए । ‘हामी त प्रस्ताव गर्छौं । यो व्यवस्थामा धेरै विकृति आए, देश संकटमा फस्यो भनेर तर यो उहाँहरूको विषय हो,’ लिङ्देनको भनाइ थियो । 

लिङ्देनकै पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले शनिबार रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरे । भनिन्छ, त्यो भेटवार्ता राप्रपाले प्रतिनिधिसभाको उपसभामुख लिने भन्नेमा छलफल केन्द्रित थियो । किनभने प्रधानमन्त्री बालेन्द्र कम्युनिस्ट दल र कांग्रेसलाई उपसभामुख दिने पक्षमा छैनन् । राप्रपाले उपसभामुख लिए संवैधानिक परिषद् बैठक र संवैधानिक अंगमा नियुक्ति गर्न सहज हुने बालेन्द्रको बुझाइ रहेको स्रोत बताउँछ । यस्तोमा लामिछाने र शाहीबीच भेटवार्ता भएको हो । भेटवार्तापछि शाहीले निकै खुसी हुँदै स्टाटस लेखे, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौं ।’

शनिबार नै ‘राजतन्त्र जिन्दावाद’ भन्दै एक हुल मानिसहरूले काठमाडौंमा प्रदर्शन गरे । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’को नारा लगाए । यसरी राजतन्त्र पक्षधरहरूमा ऊर्जा थपिनुको कारण के हुन सक्छ ? त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक तारानाथ घिमिरेलाई सोधेका थियौं । उनले भने, ‘डकुमेन्टको आधारमा भन्दा रास्वपाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्छ तर त्यहाँ भएका कतिपय नेता र तिनको राजनीतिक व्यवहारले पुरानै व्यवस्थाको पक्षपाति हो क्या हो ? भन्ने लाग्छ । अझ हालै संविधान संशोधनको बहस गर्न डकुमेन्ट तयार गर्न जसलाई जिम्मा दिइयो, त्यसले यस्तो शंका गर्नेहरूलाई बल पुगेको छ ।’

देशबाट राजतन्त्रको औपचारिक अन्त्यको घोषणा भएको ११ वैशाख २०६३ मा हो । त्यस दिन राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना भयो । त्यसको झण्डै दुई वर्षपछि १५ जेठ २०६५ मा गणतन्त्रको घोषणा भयो । यसबीचमा राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राजतन्त्र पक्षधर शक्तिहरू र पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले पटक-पटक संघर्ष गरे तर सफल भएनन् । यतिबेला भने देशमा गणतन्त्र स्थापना गराउने शक्तिहरू तत्कालीन माओवादी (हालको नेकपा), कांग्रेस, एमालेलगायत दल कमजोर बनेका छन् । यहीबेला राजनीतिक-वैचारिक, सैद्धान्तिक र दार्शनिक पक्ष स्पष्ट नभएको दल रास्वपाले अभूतपूर्व जनमतसहित शक्तिशाली सरकार गठन गर्दा राजतन्त्र पक्षधर शक्तिहरूमा हौसला बढेको देखिएको हो ।
 


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव मंगलबार, जेठ १२, २०८३
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा मंगलबार, जेठ १२, २०८३
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग मंगलबार, जेठ १२, २०८३
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP