Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १२, २०८३

मुस्ताङ- जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा संकलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा संकलन भइरहेको छ ।

यहाँका आधा दर्जन बढी उच्चलेक, खर्क र पाटनमा यार्सा गुम्बा संकलन भइरहेको एक्यापले जनाएको छ । समुद्री सतहको चार हजारमाथिको उचाइ क्षेत्रमा वन्य औषधीय जटीबुटी यार्सा पाइन्छ ।  बर्सेनि वैशाखदेखि असारमहिना संकलन गरिने  यार्सा संकलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले तोकेको शुल्क तिरेर अनुमतिपत्र (पुर्जी) लिई उच्चलेक र पाटनतर्फ प्रस्थान गरेका एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले जानकारी दिए ।

यार्सा संकलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान रहेको उनको भनाइ छ । मुस्ताङको पाँच स्थानीय तहमध्ये थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्चलेक, खर्क र पाटनमा यार्सा संकलन कार्य सुरु भइसकेको छ ।  स्रोत संरक्षण सहायक ओलीका अनुसार थासाङ गाउँपालिकाको कुञ्जो, कोवाङ, टुकुचेलगायतका संरक्षण व्यवस्थापन समितिले वैशाख २ गतेदेखि उच्चलेकमा यार्सा संकलन फुकुवा गरेका हुन् ।

यसैगरी यहाँका घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समिति जोमसोमले वैशाख २५ गतेदेखि यार्सा संकलन फुकुवा गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिए । जोमसोम संरक्षण क्षेत्र व्यवस्थापन समितिको मातहतमा रहेको घरपझोङ-५ छत्रबाङ लेकदेखि नमखुलेक, हुँदै लुप्रा लेकसँग सिमाना जोडिएको कुङ्ले लेकसम्मको क्षेत्रमा यार्सा संकलन फुकुवा गरिएको समिति सचिव गुरुङले उल्लेख गरे । 

Hardik health

जोमसोम समितिले यार्सा संकलनका लागि जोमसोम समितिअन्तर्गत ढुम्बा, सम्ले, ठिनी र जोमसोमका रैथाने कुरिया दर्ता भएका स्थानीयलाई चार हजार र स्थानीयको घर खेत अधिया कमाएर बसेका व्यक्तिहरुलाई छ हजार शुल्क लिने गरी यार्सा संकलन गर्न अनुमतिपत्र (पुर्जी) दिने गरेको सचिव गुरुङले बताए । जोमसोम समितिअन्तर्गतको लेकमा हालसम्म ६५ जनाले अनुमति लिएका समिति सचिव गुरुङले जानकारी दिए।

एक्यापअन्तर्गत वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आइतबारदेखि यार्सा संकलन फुकुवा गरेको जनाएको छ । समिति मातहतको उच्चलेकमा यार्सा संकलन गर्ने अनुमतिका लागि स्थानीय व्यक्तिलाई  तीन हजार रुपैयाँ  र जिल्ला बाहिरका व्यक्तिलाई  छ हजार रुरपैयाँ शुल्क तोकिएको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए।

मुक्तिनाथ माथिको रिसम्बा लेक र लुप्रा गाउँ माथिको नेर झोङ उच्चलेकमा यार्सा संकलन गर्न दुईदिनको फेरोमा १६५ जना व्यक्तिले अनुमतिपत्र लिइसकेका छन् । मुक्तिनाथ क्षेत्रको उच्चलेक, खर्क र पाटनमा उच्चलेकमा यार्सा अनुमति लिनेहरु शतप्रतिशत जिल्ला बाहिरका व्यक्तिहरु भएको सचिव गुरुङले बताए ।

गत वर्ष यार्सा गुम्बाको मूल्य कम भएकाले यस वर्ष यार्सा संकलनकर्ता कम मात्रामा आएका मुक्तिनाथ समितिले जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष मुक्तिनाथ लेंकमा यार्सा संकलन गर्नेको सङ्ख्या ५० प्रतिशतले घटेको समिति सचिव गुरुङको भनाइ छ । 

वारागुङ मुक्तिक्षेत्र-२ को झोङ संरक्षण व्यवस्थापन समितिले पनि एक्यापबाट अनुमति लिएर उच्चलेकमा  यार्सा संकलन गर्न फुकुवा गरेको जनाइएको छ । यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-५ ताङ्ग्यास्थित सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पनि यार्सा संकलन फुकुवा गरिसकेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिए । 

समितिअन्तर्गतको पा लेकमा यार्सा संकलन गर्न समितिले एक्याप कार्यालयबाट अनुमति लिएको प्रमुख पौडेलको भनाइ छ । प्रमुख पौडेलका अनुसार लोमान्थाङ गाउँपालिकामा यार्सा संकलन नहुने गरेको र लोघेरक दामोदरकुण्डमा सुर्खाङ समितिले मात्रै यार्सा संकलन फुकुवा गरेको जानकारी दिए ।

अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत यहाँका उच्चलेकमा एक्यापअन्तर्गतको समितिबाट यार्सा संकलन अनुमपतिपत्र (पुर्जी) वितरण गरिएको भएपनि यहाँका कतिपय गाउँका लेकहरुमा यार्सा संकलन गर्न एक्यापको अनुमति नलिई गाउँसमाजबाटै यार्सा गुम्बा फुकुवा गरिएको छ । 

यहाँको घरपझोङ-२ मार्फा, वारागुङ मुक्तिक्षेत्र अन्तर्गत छेङ्गुर,कागबेनी र छुसाङलगायतका गाउँबाट एक्यापको समन्वय नभई गाउँ समाजबाटै यार्सा संकलन फुकुवा गरिएको छ । मुस्ताङमा यार्सा गुम्बा संकलन गर्ने सिजन सुरु भएसँगै यहाँका उच्चलेक, खर्क र पाटनहरुमा यार्सा संकलनकर्ताको चहलपहल बढेको छ । यार्सा संकलनका लागि एकदुई महिनासम्म लेंकमा बस्ने गरी खाने र बस्ने लगायतका बन्दोबस्तीका सामान साथै लिएर यार्सा संकलन गर्ने व्यक्तिहरु उच्चलेकमा पुगिसकेका छन् ।

मुस्ताङका उच्चलेंकमा संकलन गरिएका यार्सा गुम्बा जिल्ला बाहिर लैजान परेमा सम्वन्धित स्थानीय तह, संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई राजश्व र दस्तुर बुझाउनुपर्ने हुन्छ । यार्साको कारोबार गर्ने व्यापारीले जिल्ला बाहिर ढुवानी गर्नु परेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नियमअनुसार प्रतिकेजी रु ३१ हजार राजस्व बुझाउनुपर्ने प्रावधान रहेको छ । यसको बजार मूल्य गुणस्तरका आधारमा प्रतिकेजी सरदर रु १५ लाखदेखि २५ लाखसम्म रहने गोर्खाका यार्सा व्यवसायी काजीराम गुरुले बताए ।

राजस्व तिरेर जिल्लाबाट वार्षिकरुपमा पाँचदेखि सात केजीसम्म निर्यात हुने गरेको सरकारी तथ्यांक छ । नेपालबाट उत्पादित यार्सामध्ये ८० प्रतिशत चीन अन्य देशमा बाँकी निर्यात हुने गरेको छ । यार्साको सिजन सुरु भएसँगै एक्यापले वन्यजन्तुको चोरी सिकारी, वन डढेलो नियन्त्रण र उच्चलेक, खर्क र पाटनमा हुनसक्ने अवान्छित गतिविधि रोकथाम गर्न यसै वर्षदेखि एआई जडित ड्रोन क्यामेरा प्रयोगमा ल्याएको छ । उच्चलेकमा हुने सबै प्रकारको जोखिम र अपराध नियन्त्रण तथा त्यसको पहिचान गर्न एआई ड्रोन क्यामेरा प्रयोगमा ल्याएको हो । यसका अलावा वन तथा उच्चलेकमा अपराधिक क्रियाकलाप रोक्न एक्यापद्वार प्रशासन,प्रहरी र संरक्षण क्षेत्र व्यवस्थापन समितिको रोहबर पैदल गस्तीसमेत गर्ने गरिएको एक्यापले जनाएको छ ।

हिमाली क्षेत्रको उच्चलेक, खर्क र पाटनमा पाइने औषधीय जडीबुटी यार्सा गुम्बा एक प्रकारको प्राकृतिक जीव र वनस्पति मिश्रित जीव हो । यसलाई कतिपयले यार्सा नभनी किरा टिप्न जाने भनेरसमेत भन्ने गर्छन । हिमाली क्षेत्रको उच्चलेकमा पाइने एक विषेश प्रकारको पुतलीको लार्भा (किरा) जमिनभित्र बस्छ । त्यस किराको शरीरमा ‘कर्डिसेप्स’नामको ढुसी प्रवेश गर्छ ।

ढुसीले विस्तारै किराको शरीरभित्र विकशित हुँदै किरालाई मारेपछि त्यसभित्र बस्छ । हिउँदयामको जाडो महिना सुरु हुँदा मृत किराको टाउँकोबाट सानो घाँस जस्तो डाँठ पैदा भई बाहिर निस्कन्छ । सोही किराको शरीर र माथि उम्रिएको ढुसी मिलेर बनेको वस्तुलाई यार्सा गुम्बा भन्ने गरिएको हो ।

समग्रतामा यार्सा भनेको गर्मीयामको घाँस र गुम्बा भनेको जाडोयामको किरा भन्ने तिब्बती अर्थबाट यसको नामकरण गरिएको हो ।
हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बाको सेवनले शारीरिक तन्दुरुस्ती र ताकत क्षमता बढाउने गर्छ । यार्सा सेवनले यौन क्षमता र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी मानिन्छ । यार्सा गुम्बालाई विदेशीहरुले औषधी उत्पादनका लागि प्राकृतिक केमिकलको रुपमा प्रयोग गर्ने भएकाले विश्व बजारमा यसको खपत बढी हुने गरेको छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने मंगलबार, जेठ १२, २०८३
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का सोमबार, जेठ ११, २०८३
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’ सोमबार, जेठ ११, २०८३
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP