Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

एएफपी- मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभइ, विश्व अर्थतन्त्रमा समेत गम्भीर दबाब सिर्जना गरेको छ ।

बिहीबार बिहान इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायली हवाई सुरक्षाले त्यसलाई रोक्ने प्रयास गरेको जनाइएको छ । केही प्रहारहरू मध्य इजरायलका क्षेत्रमा खसेका बताइएका छन्, जसका कारण कम्तीमा चार जना सामान्य घाइते भएका छन् । यसअघि पनि तेल अभिव नजिकै भएको आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएको इजरायली आपतकालीन सेवाले जनाएको थियो ।

उत्तरतर्फ, लेबनानस्थित हिजबुल्लाह समूहले उत्तरी इजरायलमा ड्रोन र रकेट आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले सीमावर्ती क्षेत्रमा साइरन बजाइएको पुष्टि गरेको छ, यद्यपि तत्काल ठूलो क्षति वा मानवीय हताहतको विवरण सार्वजनिक भएको छैन । लेबनान सीमामा तनाव बढ्दै जाँदा त्यहाँ छुट्टै मोर्चा सक्रिय बनेको सङ्केत देखिएको छ ।

Hardik health

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही अझ कडा बनाउने घोषणा गरेका  छन् । उनले थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने बताउँदै इरानले सम्झौता नगरे ऊर्जा पूर्वाधारसमेत निशाना बनाउन सकिने चेतावनी दिनुभएको छ । यस्तो आक्रमण अन्तर्राष्ट्रिय कानूनविपरीत हुन सक्ने भन्दै आलोचना भइरहेको छ ।

युद्धको प्रभाव ऊर्जा बजारमा प्रत्यक्ष देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै सात प्रतिशतले बढेर प्रति ब्यारेल १०८.१५ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि पाँच प्रतिशतभन्दा बढी वृद्धि भई १०५.६५ डलरमा पुगेको छ । होर्मुज जलडमरूमध्यको अनिश्चितताले विश्व बजारमा थप अस्थिरता निम्त्याएको विश्लेषण गरिएको छ ।

इरानले अमेरिकी मागहरूलाई ‘अधिकतम र तर्कहीन’ भन्दै अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार विभिन्न मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भए पनि अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारिएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्धले ‘अमेरिका फर्स्ट’ नीति वास्तवमै कसको हितमा रहेको हो भन्ने प्रश्न उठाउँदै अमेरिका र इजरायलमाथि युद्ध अपराधको आरोप लगाएका छन् ।

खाडी क्षेत्र पनि द्वन्द्वको चपेटामा परेको छ । संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोनका धम्कीहरूलाई जवाफ दिइरहेको जनाएको छ । युद्ध सुरु भएदेखि नै खाडी देशहरू इरानी प्रतिआक्रमणको जोखिममा रहेका छन्, जसले क्षेत्रीय स्थायित्वमा थप चुनौती थपेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले युद्धको स्पष्ट ‘अन्तिम विन्दु’ नदेखिएको टिप्पणी गरेका छन् । उनका अनुसार प्रारम्भिक उद्देश्यहरू पूरा भएको दाबी गरिए पनि अब के हासिल गर्न खोजिएको हो भन्ने अस्पष्ट छ । युद्ध लम्बिँदै जाँदा यसको असर विश्वव्यापी अर्थतन्त्रमा झन् गहिरिँदै जाने उनले चेतावनी दिएका  छन् ।

यसै सन्दर्भमा विश्व बैंकले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा पर्ने प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीच सहकार्य बढाएर सङ्कट व्यवस्थापनका उपाय खोज्ने प्रयास भइरहेको जनाइएको छ । इरानको रिभोलुसनरी गार्ड्सले रणनीतिक होर्मुज जलडमरूमध्य ‘शत्रुहरूका लागि बन्द’ रहने अडान दोहोर्‍याएको छ । यही मार्ग पुनः सञ्चालन हुनु युद्धविरामका लागि अमेरिकी सर्तमध्ये एक भएको बताइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP