Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ ।

ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताउनुभयो, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गर्नुभएन । उनले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्‍याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गरे । एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ । ट्रम्पको स्वीकृति दर घट्दै गएको छ भने बढ्दो तेल मूल्यका कारण सर्वसाधारणमा आर्थिक दबाब महसुस हुन थालेको छ । यही सन्दर्भमा उहाँले फेब्रुअरी २८ मा सुरु गरिएको आक्रमणमा किन इजरायलसँग सहकार्य गरिएको हो भन्ने विषयमा विस्तृत स्पष्टीकरण दिएका थिए ।

उनले आफ्नो सम्बोधनमा अमेरिकाको रणनीतिक उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन अन्त्य गर्ने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको उल्लेख गरे । यद्यपि संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य विश्लेषकहरूले इरान तत्कालै आणविक हतियार नजिक नभएको आकलन गर्दै आएका छन् ।

Hardik health

द्वन्द्वको सुरुआती चरणमै इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको घटनालाई ट्रम्पले आफ्नो सफलताका रूपमा प्रस्तुत गरे । उनले इरानका ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबी गर्दै सैन्य प्रगतिको चर्चा गरे । तर इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा नियन्त्रण बढाउँदै प्रतिक्रिया दिएको छ, जुन विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग हो । यसको असर विश्व बजारमा देखिन थालेको छ-अमेरिकामा पेट्रोलको मूल्य वर्षौंपछि प्रति ग्यालन चार डलरभन्दा माथि पुगेको छ भने सेयर बजारमा गिरावट आएको छ ।

ट्रम्पको सम्बोधनपछि पनि बजारमा अनिश्चितता कायम रह्यो । बिहीबार प्रारम्भिक कारोबारमा तेलको मूल्य फेरि बढ्दा लगानीकर्ताहरू सतर्क देखिएका छन् । यसले युद्ध छिट्टै अन्त्य हुने अपेक्षामा शङ्का उत्पन्न गरेको छ । अमेरिकी सिनेटर क्रिस मर्फीले ट्रम्पको नीतिमा स्पष्टता नभएको टिप्पणी गरे । उनले ट्रम्पले युद्ध विस्तार गरिरहेेकाे हो कि घटाइरहेकाे हो भन्ने कुरा अस्पष्ट रहेको बताउँदै सामाजिक सञ्जालमार्फत आलोचना गरे ।

यसैबीच, ट्रम्पले इरानसँग सम्झौता नभए थप कडा कदम चाल्ने चेतावनी दोहोर्‍याउँदै देशका ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण गर्न सकिने सङ्केत गरेका छन् । यस्तो कदम अन्तर्राष्ट्रिय कानूनविपरीत हुन सक्ने र युद्ध अपराधको रूपमा व्याख्या हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । “हामी उनीहरूलाई पाषाण युगमा फर्काउनेछौँ”, उनले कडा भाषामा भने, जसले द्वन्द्वको स्वरूप अझ उग्र बन्न सक्ने सङ्केत दिएको छ । यद्यपि कूटनीतिक पहलको सम्भावनाबारे उनको सम्बोधनमा खासै उल्लेख थिएन ।

ट्रम्पले इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धविराम खोजिरहेको दाबी गर्नुभएको थियो, तर इरानको विदेश मन्त्रालयले उक्त दाबी अस्वीकार गर्दै अमेरिकामाथि ‘अवास्तविक र अधिकतम दबाब’ सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी सैन्य शक्ति माथि विश्वास व्यक्त गर्दै ट्रम्पले ‘सबै कार्डहरू अमेरिका सँगै रहेको’ दाबी गर्नुभयो । साथै उनले खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै उनीहरूलाई असफल हुन नदिने बताउनुभयो, यद्यपि ती देशहरू इरानी प्रतिआक्रमणको प्रभावमा परिसकेका छन् ।

उनले युरोपेली सहयोगीहरूलाई समेत आलोचना गरे, जसले अमेरिकी युद्ध प्रयासलाई समर्थन नगरेको भन्दै असन्तुष्टि जनाए । खाडी क्षेत्रको तेलमा निर्भर राष्ट्रहरूले होर्मुज जलडमरूमध्यको सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP