Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

एएफपी- पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ ।

सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए । हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।

उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा एक जनाको ज्यान गएको र अर्का एक घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ । उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण सङ्कलन भइरहेको छ।
भूकम्पको गहिराइ करिब ३५ किलोमिटर रहेको अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । कम्पनपछि त्यस क्षेत्रमा दर्जनौँ परकम्प (आफ्टरसक्स) समेत महसुस गरिएको छ, जसमा ५.९ म्याग्निच्युडसम्मका झट्का समावेश छन् ।

Hardik health

स्थानीय बासिन्दाहरूका अनुसार भूकम्प निकै लामो समयसम्म महसुस भएको थियो । मनाडोमा सडक खाद्य विक्रेता सिती रोहायतीले भूकम्प आएको क्षण सम्झिँदै आफ्नो परिवारलाई बचाउन आफूले तुरुन्त बाहिर निकाल्ने प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा ठूलो चिन्ता आफ्ना बालबालिकालाई सुरक्षित राख्नु थियो ।

त्यस्तै, उत्तरी मालुकुको टेर्नेटका एक स्थानीय बासिन्दाले भूकम्प अत्यन्तै शक्तिशाली र एक मिनेटभन्दा बढी समयसम्म चलेको अनुभव सुनाए । घरभित्र रहेका मानिसहरू हतारहतार बाहिर निस्किएका थिए भने कतिपयले दैनिक कामकाज बीचमै छोडेर ज्यान जोगाउन दौडिएका थिए । इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार उत्तरी मालुकु, उत्तरी सुलावेसी र गोरोन्टालोका विभिन्न नौ स्थानमा समुद्री छालको प्रभाव देखिएको थियो, जसमा सबैभन्दा उच्च छाल उत्तरी मिनाहासामा ७५ सेन्टिमिटरसम्म पुगेको थियो ।

जापान, ताइवान, गुआम र पलाउसहित अन्य प्रशान्त क्षेत्रहरूमा साना छालहरूको सम्भावना औँल्याइए पनि ठूलो जोखिम देखिएको थिएन । जापान मौसम विज्ञान एजेन्सीले समुद्री सतहमा सामान्य परिवर्तन मात्र हुन सक्ने जनाएको थियो ।इन्डोनेसिया ‘रिङ अफ फायर’ नामक भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा पर्ने भएकाले यहाँ यस्ता शक्तिशाली भूकम्प बारम्बार आउने गर्छन् । सन् २००४ मा आचे क्षेत्रमा आएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीले एक लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP