काठमाडाैं- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेतामा निर्विरोध निर्वाचित भएकाे हुन् ।
बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका छन् । यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् । दलको नेतामा इलाम-२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए ।