काठमाडौं - प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो । बैठकअनुसार चैत २० गते उम्मेद्वारी मनोनयन दर्ता गरिनेछ ।
चैत २२ गते निर्वाचन सम्पन्न गरी सोही दिन नवनिर्वाचित सभामुखलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको बताइएको छ ।सभामुख चयनसँगै प्रतिनिधिसभाको नियमित संसदीय कामकारबाहीलाई अघि बढाउने तयारी गरिएको छ ।
सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको नाम चर्चामा आएको छ। उपसभामुख भने अन्य पार्टीबाट हुनुपर्ने व्यवस्था छ ।हाल सभामुखको भूमिकामा अर्जुननरसिंह केसी छन्। उनी प्रतिनिधि सभाको ज्येष्ठ सदस्यकै हैसियतमा सभामुख भएका हुन् ।