काठमाडौं - नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् । निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेका छन् ।