क्यूएनए- युरोपेली युनियन (इयु) लगायत अन्य दश वटा देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) को सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् । यस अघि भएको आक्रमणमा युनिफिलका तीन जना शान्तिरक्षकहरूको मृत्यु भएको थियो ।
बेल्जियम, साइप्रस, क्रोएसिया, फ्रान्स, ग्रिस, इटाली, माल्टा, नेदरल्यान्ड्स, पोर्चुगलका विदेश मन्त्रीहरू र युरोपेली युनियनका उच्च प्रतिनिधिले हरेक परिस्थितिमा युनिफिलका कर्मचारी र सुविधाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । विज्ञप्तिमा उनीहरुले सम्बन्धित पक्षहरूलाई सबै परिस्थितिमा युनिफिलका कर्मचारी र परिसरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
उनीहरूले युनिफिल मिसनका लागि आफ्नो अटुट समर्थनको पुष्टि गर्दै अस्वभाविक आक्रमणको निन्दासमेत गरेका छन् । मन्त्रीहरूले इजरायललाई द्वन्द्वको थप वृद्धि हुनबाट जोगिन पनि आह्वान गरेका छन् भने लेबनानको क्षेत्रमा स्थलगत कारबाहीको अन्य हुनु पर्ने जनाएको छन् । लेबनानमा शान्ति सैनिकको हत्या भए पछि संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्ले मङ्गलबार आपतकालीन बैठक आयोजना गरेको थियो ।