काठमाडौं- आज अप्रिल १ तारिख हाे । यो दिनलाई ‘अप्रिल फुल’ मनाउने दिन भनेर चिनिन्छ । तर, यसपटक नेपाल प्रहरीले समेत धेरैलाई मूर्ख बनाएर ‘अप्रिल फुल’ मनाएको छ ।
यस दिन साथीभाइहरूलाई झुक्क्याएर मूर्ख बनाएर रमाइलो गरी मनाउने गरिन्छ । तर, अप्रिल फुल मनाउँदै गर्दा प्रहरीले जनचेतनामूलक सन्देश समेत दिएको छ ।
प्रहरीले एक पोस्ट जारी गर्दै ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्दै क्यूआर स्क्यान गर्न दिएको छ ।