Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्व तनाव चुलिँदै, कूटनीतिक संंकेतसँगै हिंसा विस्तार
मध्यपूर्व तनाव चुलिँदै, कूटनीतिक संंकेतसँगै हिंसा विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १८, २०८२

एएफपी- मध्यपूर्वमा जारी युद्ध एकातिर थप चर्किंदै गएको छ भने अर्कोतिर सम्भावित समाधानका संंकेतहरू पनि देखिन थालेका छन् । इरान, इजरायल र अमेरिकाबीचको टकरावसँगै खाडी क्षेत्र, लेबनान र इराकसम्म हिंसात्मक घटनाहरू फैलिँदा क्षेत्रीय अस्थिरता गहिरिँदै गएको छ ।

बुधबार इरानको राजधानी तेहरानमा ठूलो विस्फोटका आवाज सुनिएको सरकारी प्रसारण संस्था आइआरआइबीले जनाएको छ । राजधानीका उत्तर, पूर्व र मध्य भागमा आक्रमण भएको बताइएको छ, जसले द्वन्द्व प्रत्यक्ष रूपमा इरानी भूभागमै फैलिएको संंकेत गरेको छ । यसैबीच खाडी क्षेत्रमा पनि आक्रमणहरू तीव्र भएका छन् । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल इरानी ड्रोन आक्रमणको निशाना बनेको त्यहाँको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ, जसका कारण इन्धन ट्यांकीमा ठूलो आगलागी भएको छ । बहराइनले इरानी आक्रामकताका कारण व्यापारिक संरचनामा आगलागी भएको उल्लेख गरेको छ भने साउदी अरेबियाले धेरै ड्रोन खसालिएको जनाएको छ । कतारको जलक्षेत्रमा एक ट्यांकर ठोक्किएको बेलायती समुद्री सुरक्षा एजेन्सीले पुष्टि गरेको छ ।

द्वन्द्वको प्रभाव केवल सैन्य क्षेत्रमा मात्र सीमित छैन । मङ्गलबार इराकको बगदादमा एक अमेरिकी पत्रकार अपहरणमा परेका छन् । संयुक्त राज्य अमेरिकाले इरान समर्थित इराकी सशस्त्र समूहले उक्त अपहरण गरेको जनाएको छ । विदेश मन्त्रालयले पत्रकारको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै छिटो रिहाइका लागि प्रयास भइरहेको बताएको छ । मिडिया समूहहरूले अपहरणमा परेकी पत्रकार स्वतन्त्र संवाददाता शेली किटलेसन रहेको पहिचान गरेका छन् ।

Hardik health

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसम्बन्धी महत्त्वपूर्ण जानकारी दिने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकी सैन्य अभियान ‘धेरै चाँडै’ अन्त्य हुने संंकेत दिँदै वार्तालाई अघि बढाउने दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गर्नुभयो । इन्धन मूल्य वृद्धिबारे सोधिएको प्रश्नमा उनले इरानबाट बाहिरिने रणनीतिले मूल्य घट्ने विश्वास व्यक्त गरे । ट्रम्पको यस्तै संंकेतपछि एसियाली सेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । जापानको निक्केई २२५ सूचकांक ४ प्रतिशतले बढेको छ भने हङकङ, साङ्घाई र सियोलका बजारहरू पनि उक्लिएका छन् ।

यता लेबनानमा भने हिंसा अझै चर्किएको छ । राजधानी बेरुतको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहका वरिष्ठ कमान्डरहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । दक्षिणी लेबनानमा भएका अन्य आक्रमणहरूमा थप आठ जनाको मृत्यु भएको छ, जसमा एक प्यारामेडिक पनि रहेका छन् । विभिन्न जिल्लामा भएका आक्रमणले धेरै मानिस घाइते भएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानविरुद्धको सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् । उनले ‘अभियान समाप्त नभएको’ र ‘आतंकवादी शासनलाई दबाउने’ कार्य निरन्तर रहने बताए । तर इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भने युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको संंकेत दिएका  छन् । उनले द्वन्द्व अन्त्यका लागि ‘आवश्यक इच्छाशक्ति’ रहेको उल्लेख गर्दै भविष्यमा फेरि युद्ध नहोस् भन्ने सुनिश्चितता खोजिएको बताए । इरानमा एक दिनको तीव्र आक्रमणपछि आएको यस प्रतिक्रियाले अमेरिकी बजारमा सुधार ल्याएको र तेलको मूल्य घटाएको जनाइएको छ । यसै क्रममा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यदि थप इरानी नेताहरूको हत्या भएमा गुगलजस्ता अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिशोध लिन सक्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिक्रिया बढ्दै गएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले लेबनानमा इजरायली कारबाहीलाई ‘अवैध आक्रमण’ भन्दै आलोचना गर्नुभएको छ । इजरायली कारबाहीले लेबनानको सार्वभौमिकता उल्लङ्घन गरेको उनको भनाइ थियो । युरोपेली सङ्घ (इयु) ले भने बढ्दो ऊर्जा मूल्यको दबाबलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूलाई इन्धनको खपत घटाउन आग्रह गरेको छ । यसैबीच क्याथोलिक धर्मगुरु पोप लियो चौधौँले हिंसा अन्त्यको आह्वान गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध रोक्ने पहल गर्ने आशा व्यक्त गरेका छन् । उनले बमबारी र हिंसा घटाउने उपाय खोजिनुपर्ने बताए । 


प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP