Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १८, २०८२

म्याग्दी-  म्याग्दीको रघुगङ्गा गाउँपालिका‍-४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ ।  ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन् । 

पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका दर्मिजाको तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाडा र नांगेदेवी थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा बिप्रसाद पुनले जानकारी दिए । “हिमश्रृङखला, सूर्योदय, पहाडी भूगोलको मनमोहक दृष्यावलोकन गर्न सकिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेलमा परेको छ,” उनले भने “समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रवरद्धनको काम थालिएको दर्मिजा भ्यू पोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ ।” 

दर्मिीजा गाउँदेखि दुई घण्टाको उकालो बाटोको पैदलयात्रा गरेपछि पुगिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ बाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृङखलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।  समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाईमा पहाडको टाकुरामा अवस्थित दर्मीजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ वरपर घना जंगल छ ।

Hardik health

बसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमंग र रमणीय हुने स्थानीयबासी शिव पाइजाले अनुभव सुनाए । म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामिण वस्तिहरु अवलोकन गर्न पाइने यो ठाउँ बस्ति देखि टाढा र एकान्तमा अवस्थित छ । सहरबजारको कोलाहल, व्यस्त दैनिकी र प्रदुषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरुका लागि दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ उपयुक्त गन्तब्य बन्न सक्छ । यहाँ स्थानीयबासीहरुले बैशाख महिनामा नांगेदेवीको पुजा गर्दछन् । नांगेदेवीको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ । 

नांगेथान नजिकै दगनामका नक्कलबहादुर गर्बुजा र दर्मिजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गरेका छन् । सोही स्थानका हिराबहादुर पुनका सहयोगमा खानेपानी ब्यवस्था गरिएको छ । हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ । 

रघुगङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् दर्मिजादेखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ । जागा झरना हुदै दर्मिजा भ्यू पोइन्ट जान सकिन्छ । पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२/०८३ मा  तीन लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । दर्मिजा गाउँमा घरवासको सुविधा छ । दर्मिजाको फेदिमा प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । 
 


प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP