काठमाडौं - नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना रहेको पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालले बताए ।
मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ ।