गोदावरी- धनगढी उपमहानगरपालिका-११ सेहरी-जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ ।
धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार तीन करोड ७१ लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको हो । पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ ।