काठमाडाैं - नेकपा एमालेले संसदिय जिम्मेवारी ताेकेकाे छ । नेकपा एमालेले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको हाे ।
संसदीय दलको नेतालगायतको जिम्मेवारी तोकिनसकेको अहिलेको अवस्थामा अन्तरिम कालका लागि दुई जनालाई जिम्मेवारी दिइएको हो ।
महासचिव शंकर पोखरेलका दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुतिका लागि थापा र अर्याललाई जिम्मेवारी दिइएको हो ।साथै भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक डाकिएको छ ।