Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

एपी- क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ । अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप-१२ ल्यान्ड-टु-शिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको सङ्केत दिएको हाे ।

जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ । यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठूलो विस्तार छ । यसले जापानलाई टाढाबाटै सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ । यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा-केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ । रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई ‘युद्धपछिको सबैभन्दा जटिल र गम्भीर’ भन्दै यस्तो क्षमता देशको प्रतिरोध शक्ति र प्रतिक्रिया क्षमताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार यसले जापानको आत्मरक्षाप्रतिको दृढता पनि झल्काउँछ ।

तर यस कदमले स्थानीयस्तरमा चिन्ता पनि बढाएको छ । क्याम्प केङ्गुन नजिकै बसोबास गर्ने बासिन्दाहरूले मिसाइल तैनाथीको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले यस्तो कदमले क्षेत्रीय तनाव चर्काउने र आफ्नो क्षेत्र सम्भावित आक्रमणको लक्ष्य बन्न सक्ने जोखिम बढाउने बताएका छन् । जापानले केवल एक स्थानमा मात्र नभइ, आगामी वर्षहरूमा देशका विभिन्न भागमा यस्ता हतियार प्रणाली विस्तार गर्ने योजना बनाएको छ । मङ्गलबार नै सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षा लक्षित हाइपरसोनिक ग्लाइड वाहन पनि तैनाथ गरिएको छ । सन् २०२८ मार्चसम्म होक्काइडोदेखि मियाजाकीसम्म विभिन्न स्थानमा अपग्रेड गरिएको टाइप-१२ मिसाइल र अन्य आधुनिक प्रणालीहरू विस्तार गर्ने तयारी गरिएको छ ।

Hardik health

यसैबीच जापानले अमेरिकी निर्माणका टोमहाक क्रूज मिसाइलहरू पनि आफ्नो नौसैनिक क्षमतामा समावेश गर्ने योजना अघि बढाएको छ । यस वर्षको अन्त्यसम्म जापानी विध्वंसक जेएस चोकाईमा एक हजार ६०० किलोमिटर दायराका ती मिसाइलहरू तैनाथ गरिनेछ भने पछि थप सात विध्वंसकमा पनि विस्तार गरिने लक्ष्य राखिएको छ । जापानले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ । पछिल्ला वर्षहरूमा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुहरूमा सैन्य संरचना मजबुत बनाइएको छ । गत जुनमा चीनका दुई विमानवाहक जहाजहरू जापानका दुर्गम टापु नजिकै एकैपटक सञ्चालनमा देखिएपछि टोकियोको चिन्ता अझ बढेको थियो ।

प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ९० खर्ब येनभन्दा बढीको रक्षा बजेट स्वीकृत गरिसकेको छ, जसले स्ट्राइक ब्याक क्षमता, क्रूज मिसाइल र मानव रहित हतियार प्रणालीमार्फत तटीय सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।यसै क्रममा चीनको प्रशान्त क्षेत्रमा बढ्दो गतिविधि अध्ययन गर्न नयाँ कार्यालय स्थापना गर्ने घोषणा पनि गरिएको छ । ताइवानसँग सम्बन्धित सम्भावित सङ्कटको अवस्थामा जापानले आफ्नो सुरक्षा प्रतिक्रिया देखाउन सक्ने सङ्केत दिँदा क्षेत्रीय वातावरणमा सतर्कता र चिन्ता बढेको देखिन्छ ।


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किएभमा ओरेसनिक प्रहार
किएभमा ओरेसनिक प्रहार आइतबार, जेठ १०, २०८३
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP