Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

एएनआई- मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने संकेत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा आगामी चारदेखि छ हप्ताभित्र इरानविरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाएको बताइएको छ, यद्यपि होर्मुज जलडमरूमध्य अझै प्रभावकारी रूपमा अवरुद्ध रहने अवस्था कायम छ ।

यस्तो निर्णयले सो महत्त्वपूर्ण समुद्री मार्गमा इरानको प्रभाव विस्तार हुन सक्ने आकलन गरिएको छ । उनले इरानको नौसैनिक र क्षेप्यास्त्र क्षमतामा उल्लेख्य क्षति पुर्‍याइसकेको दाबी गर्दै अब दीर्घकालीन समुद्री सैन्य अभियानमा नफस्ने संकेत गरे । प्रशासनका अधिकारीहरूका अनुसार अमेरिका आफ्ना ‘मुख्य’ सैन्य लक्ष्यहरू पूरा गरिसकेपछि विजय घोषणा गर्दै बाहिरिन सक्ने विश्वास ट्रम्पमा रहेको छ । ट्रम्पले होर्मुज बन्द हुनु मुख्यतः एसिया र युरोपका लागि समस्या भएको उल्लेख गर्दै उक्त जलमार्गबाट करिब ८४ प्रतिशत तेल एसियाली बजारतर्फ जाने तथ्य औँल्याए । अमेरिका अब मध्यपूर्वीय ऊर्जामा निर्भर नरहेको धारणा उनले दोहोर्‍याए ।

यद्यपि, जलडमरूमध्य अवरुद्ध रहँदा विश्व बजारमा असर देखिन थालेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघिसकेको छ भने मललगायत आवश्यक वस्तुहरूको आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ । अमेरिकाले आवश्यक परे ट्यांकरहरूको सुरक्षाका लागि एस्कर्ट व्यवस्था गर्ने वा बहुराष्ट्रिय पहलमार्फत जलमार्ग खुलाउने विकल्प खुला राखेको भए पनि ती तत्काल प्राथमिकतामा नरहेको जनाइएको छ । युद्ध अन्त्यको संकेतसँगै अमेरिकी सैन्य उपस्थिति भने क्षेत्रमा घटेको छैन, बरु बढ्दो अवस्थामा रहेको छ । युएसएस त्रिपोली र ३१औँ मरीन एक्सपिडिशनरी युनिट क्षेत्रमै तैनाथ भइसकेका छन् भने ८२औँ एयरबोर्न डिभिजनसहित थप १० हजार सैनिक पठाउने विषयमा पनि विचार भइरहेको छ । यसले एकातिर युद्ध अन्त्यको संकेत र अर्कोतर्फ सैन्य सुदृढीकरणबीच विरोधाभास देखिएको छ ।

Hardik health

यसैबीच, ट्रम्पले जलडमरूमध्य नखुलाए इरानको नागरिक ऊर्जा संरचनामा आक्रमण गर्न सकिने चेतावनीसमेत दिनुभयो । उहाँले युद्धलाई ‘सुन्दर प्रवास’ र ‘भ्रमण’ जस्ता अभिव्यक्तिमा चित्रण गरेकाे उल्लेख गरिएको छ । ह्वाइट हाउसले भने हालै केही तेल ट्यांकरहरू होर्मुजमार्फत आवतजावत गर्न थालेको घटनालाई अमेरिका–इरानबीच जारी प्रत्यक्ष तथा अप्रत्यक्ष कूटनीतिक वार्ताको परिणामका रूपमा व्याख्या गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले इरानले चयनात्मक रूपमा ट्यांकरहरूलाई अनुमति दिएको भन्ने आरोप अस्वीकार गर्दै कूटनीतिक पहलकै कारण आवागमन सम्भव भएको बताए ।

उनका अनुसार सुरुमा १० वटा ट्यांकरलाई अनुमति दिइएकोमा थप २० वटा ट्यांकर पनि आवागमनका लागि तयारी अवस्थामा छन्, जुन आगामी दिनमा देखिने अपेक्षा गरिएको छ । ट्रम्पको कूटनीतिक सक्रियताबिनाको अवस्थामा यस्तो प्रगति सम्भव नहुने उनले जोड दिए । यसअघि ट्रम्पले इरानले ‘सद्भावको संकेत’ स्वरूप २० तेल ट्यांकरलाई मार्ग प्रयोग गर्न अनुमति दिएको दाबी गरेका थिए । उनका अनुसार प्रारम्भमा १० र पछि थप १० ट्यांकरलाई अनुमति दिइनु सकारात्मक संकेत हो ।

उता, इरानले भने होर्मुज जलडमरूमध्य व्यवस्थापनसम्बन्धी योजना अघि बढाएको छ । इरानी संसद्को सुरक्षा समितिले जहाजहरूबाट टोल असुल गर्ने, सुरक्षा व्यवस्था कडा बनाउने तथा कानूनी ढाँचा निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त योजनामा विशेषगरी अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूलाई प्रतिबन्ध लगाउने, इरानको सार्वभौम भूमिकालाई सुदृढ बनाउने तथा ओमानसँग सहकार्य गर्ने प्रावधान समेटिएको छ । साथै, इरानविरुद्ध प्रतिबन्धमा सहभागी मुलुकका जहाजहरूलाई पनि आवागमनमा रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको छ ।हाल दोस्रो महिनामा प्रवेश गरेको इरान र अमेरिका–इजरायल गठबन्धनबीचको द्वन्द्वबीच आएको यो कदमले विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एकमा नियन्त्रण स्थापित गर्ने तेहरानको रणनीति स्पष्ट देखिएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP