काठमाडौं - नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली हवाई उडान सेवा विस्तार गरेको छ। चैत १७ गतेदेखि लागू हुने गरी निगमले थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हाे ।
निगमले काठमाडौं - दिल्ली - काठमाडौं हवाई उडान सेवामा विस्तारमा हप्ताको १० वटा उडान हुने जनाएकाे छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५/२०६ बाट हप्ताको थप तीन दिन उडान हुनेछ। उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ।
