Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा समानान्तर गतिविधि  
गगनको ‘काउन्टर’मा लगालग बैठक, खड्कालाई कारबाहीको तयारी कांग्रेसमा समानान्तर गतिविधि  
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

 

हामी त सडकमा आइपुगेका छाैं । गगनले हामीलाई सडकमा ल्याए । त्यही भएर बाहिर नै बैठक बस्नुपरेको हो ।
जितजंग बस्नेत
कांग्रेस नेता

  • आधिकारिकता दाबी गर्दै पूर्वसंस्थापनले आजदेखि केन्द्रीय समिति बैठक आयोजना गर्दै, १९ गतेका लागि जिल्ला सभापतिहरुको भेला
  • अनुशासनविपरीतको कार्य गरेको भन्दै पूर्णबहादुर खड्कालगायतलाई कारबाहीको तयारीमा संस्थापनपक्ष

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कमजोर बनेसँगै आन्तरिक कलहमा फसेको कांग्रेस विवाद फेरि सतहमा आएको छ । विशेष महाविधेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएर निर्वाचनमा गएको कांग्रेसभित्रको विवाद बिहीबारदेखि सतहमा आएको हो ।

पार्टीको लेटरहेड दुरुपयोग गरेर विभिन्न क्रियाकलाप भइरहेको कुरा हाम्रो नोटिसमा आएको छ । हामी यसबारे छिट्टै निर्णय गर्छौं । 
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस

Hardik health

शनिबार कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि संस्थापनपक्षले देवराज चालिसेको हस्ताक्षरमा विज्ञप्ति निकालेको थियो । सोही दिन कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा लेखक पक्राउको विरोध गर्दै विज्ञप्ति जारी गरे । शनिबार संस्थापन पक्षले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षणसमेत दिएको थियो । आइतबार पूर्वसंस्थापनले नवनिर्वाचितहरुलाई बधाइ कार्यक्रम आयोजना गर्‍यो । धुम्बराहीस्थित होटल स्मार्टमा आयोजित कार्यक्रममा पूर्वसंस्थानका ११ जना सांसदमात्र आइपुगे । जबकि, पूर्वसंस्थापनबाट यो निर्वाचनमा २२ जना निर्वाचित भएका छन् ।

प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कूल ३८ सिट जितेको कांग्रेस प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल हो । २०७९ मंसिरमा भएको निर्वाचनमा ८९ सिटसहित पहिलो बनेको कांग्रेसले सरकारको नेतृत्व भने गर्न पाएन । तत्कालीन नेकपा माओवादी केन्द्रसँग तालमेल गरी निर्वाचनमा गएको कांग्रेस कहिले प्रतिपक्षमा त कहिले माओवादी केन्द्रसँगै मिलेर सरकारमा गयो । पछिल्लोपटक कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरी सरकार बनाएको थियो ।

दुई ठूला दल मिलेर शक्तिशाली सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उक्त सरकार भ्रष्टाचारमा लिप्त भएको र सुशासनको विषयमा कमजोर बनेको भन्दै त्यतिबेला कांग्रेस महामन्त्री रहेका गगन थापाले खबरदारी गरिरहे । सोहीबीचमा ओली नेतृत्वको सरकारले वर्ष दिन पूरा गरेको केही समयमै भदौ २३ गते जेन-जी विद्रोह भयो । सोही विद्रोहले ओली सरकार ढालेसँगै कांग्रेसमा पनि विशेष महाधिवेशनको माग भयो ।

कांग्रेसमा निर्वाचनअघि महाधिवेशन गर्न नहुने भन्दै शेरबहादुर देउवा पक्षले अडान लिँदा गगन पक्षले भने नयाँ नेतृत्व लिएरमात्र निर्वाचनमा जानुपर्ने भन्दै पुसको अन्तिम साता विशेष महाधिवेशन आयोजना गर्‍यो । उक्त महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन नेतृत्वको नयाँ कार्यसमिति घोषणा गर्‍यो । त्यसपछि यो कलह निर्वाचन आयोग पुगेको थियो । निर्वाचन आयोगले गगन नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै देउवापक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । 

यो मुद्दाको सुनुवाई नभएपछि देउवापक्षका नेताहरु पनि गगनको हस्ताक्षरमै प्रतिनिधिसभा निर्वाचनमा होमिए । गगनको हस्ताक्षर लिएर गएकामध्ये देउवापक्षका चार जनामात्र निर्वाचित भए । यता समानुपातिकमा भने धेरैजसो देउवापक्षका निर्वाचित भएका छन् । अहिले कांग्रेस संसदीय दलमा गगनपक्षका १६ जना र देउवा-शेखर कोइराला पक्षका गरी २२ सांसद छन् । पूर्वसंस्थापन पक्षमा देउवा र शेखर छन् ।

आजदेखि पूर्वसंस्थापनको केन्द्रीय समिति
विशेष महाधिवेशनको विपक्षमा उभिएका देउवापक्षका नेताहरु आजदेखि बैठकमा जुट्दै छन् । पूर्वउपसभापति खड्काले केन्द्रीय समिति भन्दै डाकेको यो बैठक धुम्बाराहीमा दिउँसो १ बजेबाट सुरु हुने कांग्रेस नेता जितजंग बस्नेतले बताए । ‘हामी त सडकमा आइपुगेका छौं । गगनले हामीलाई सडकमा ल्याए । त्यही भएर बाहिर नै बैठक बस्नुपरेको हो,’ बस्नेतले भने । बस्नेत राष्ट्रिय सभा सदस्य हुन् ।

भोलि बुधबारसम्म चल्ने बैठकमा चुनावी हार, कांग्रेसका नेताहरुलाई सरकारले गरेको पछिल्लो धरपकडबारे छलफल गरिने बस्नेतले बताए । बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । यो विषयमा संस्थापनपक्ष मौन देखिँदा देउवापक्ष भने आक्रामक देखिएको छ । सरकारले सम्पत्ति शुद्धीकरणमा पूर्वसभापति देउवालाई पनि राडारमा राखेको छ ।

केन्द्रीय समितिको बैठकपछि देउवापक्षका जिल्ला सभापतिहरुकोसमेत भेला हुँदैछ । भेलामा ४७ जनाभन्दा बढी जिल्ला सभापतिहरुलाई निम्तो दिइएको देउवापक्षले जनाएको छ । आफूलाई पनि भेलाको निम्तो आएको मकवानपुर जिल्लाका कांग्रेस सभापति बुद्ध लामाले बताए । ‘निम्तो आएको छ । जाउँ भने संस्थापनले कारबाही गर्ने डर । नजाउँ आफ्नै पक्षको बैठक,’ लामाले भने, ‘केन्द्रका नेताहरु नमिल्दा धेरै अप्ठेरो परिस्थितिको सिर्जना भएको छ ।’ भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जिल्ला सभापतिहरुको भेलामा पछिल्लो परिस्थिति र कांग्रेसले चाल्नुपर्ने कदमबारे छलफल हुने बताए ।

केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
देउवा समूहले समानान्तर गतिविधि थालेपछि रणनीति बनाउन गगन नेतृत्वको कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक डाकेको छ । बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । 

बैठकमा निर्वाचनमा अन्तरघात गर्नेहरुको विषयमासमेत छलफल हुने दुलालले बताए । पूर्वसंस्थापनपक्षले गरेको गतिविधि आफूहरुले ‘नोटिस’मा राखेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । ‘पार्टीको लेटरहेड दुरुपयोग गरेर विभिन्न क्रियाकलाप भइरहेको कुरा हाम्रो नोटिसमा आएको छ । हामी यसबारे छिट्टै निर्णय गर्छौ,’ उनले भने ।
 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी सोमबार, जेठ ११, २०८३
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने सोमबार, जेठ ११, २०८३
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु 
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु  आइतबार, जेठ १०, २०८३
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा आइतबार, जेठ १०, २०८३
नेतृत्व छाड्ने दबाबमा ओली
नेतृत्व छाड्ने दबाबमा ओली आइतबार, जेठ १०, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP