Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • विदेशी लगानीकर्ता मिलेर लगानी गर्न मन्त्री पुनको आग्रह
विदेशी लगानीकर्ता मिलेर लगानी गर्न मन्त्री पुनको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३, २०७७
Hardik health
काठमाडौं– ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गरेका छन् । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रूपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताए । ‘जलविद्युत्को क्षेत्रमा लाग्नुभएका स्वदेशी लगानीकर्तालाई मेरो यो आग्रह छ, तपार्ईँहरू विदेशी लगानीकर्तासँग मिलेर काम गर्नुस्’ मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा मन्त्री पुनले भने, ‘विदेशी लगानीकर्तासँग काम गर्दा क्षमता, प्रविधि र अनुभवको आदान÷प्रदान हुन्छ ।’ मन्त्री पुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत् क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार रहेको दोहो¥याएका छन् । निजी क्षेत्रका सबै आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौतामार्फत खरिद गर्ने प्रतिबद्धता मन्त्री पुनको भनाइ थियो । कोभिड–१९ महाकारीका कारण अधिकांश विकास आयोजनाको निर्माण कार्य ठप्प हुँदा पनि जलविद्युत् आयोजना निर्माणका काम सुचारु गर्न मन्त्रालयले सहजीकरण गरेको उनले स्मरण गरे । यस्तै कोभिड महामारीकैबीच निजी क्षेत्रबाट उत्पादित बिजुलीको भुक्तानी नरोकिएको बताए । उनले भने, ‘हामीले कोभिड–१९ महामारीमा पनि निजी क्षेत्रबाट खरिद गरिएको विद्युत्को शुल्क एक दिन पनि रोकेनौैँ । उनले यसले लगानीकर्ताको मनोबल बढेको भन्ने आफूलाए लागेको बताए । उनले इमान्दार लगानीकर्ताका लागि मन्त्रालय र सरकारले सधैँ सहजीकरणको काम गरिरहेको र गर्ने स्पष्ट गरे । संघीय संसद्मा विचाराधिन नयाँ विद्युत् ऐन निजी क्षेत्र र लगानीमैत्री रहेको भन्दै उनले त्यसले लगानीकर्तालाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे । विगतमा विद्युतभार कटौती अन्त्य गर्ने ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको एकमात्र लक्ष्य भए अब ऊर्जामा आत्मनिर्भरतासँगै आन्तरिक र बाह्य बजार व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको मन्त्री पुनले बताए । आगामी वर्षभित्रै नेपालमा कूल जलविद्युत् क्षमता कम्तीमा २६ सय मेगावाट पुग्ने उनको भनाइ छ । मन्त्री पुनले अन्तरदेशीय विद्युत व्यापारका लागि दुई पक्षीय संयन्त्रमा नियमित छलफल भइरहेको र त्यसका लागि प्रक्रिया अघि बढाउन सरकारले विद्युत् प्राधिकरणलाई अनुमति दिइसकेको जानकारी दिए । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युत् सिधैँ क्षेत्रीय बजारमा बेच्न सक्ने नीतिगत व्यवस्थासमेत सरकारले मिलाएको उनले बताए । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले ठूला आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । घिमिरेले मन्त्री पुनले मन्त्रालयमा आएपछि जारी गरेका श्वेतपत्रका धेरै काम सम्पन्न हुने चरणमा पुगेको बताए । तीन वर्षमा तीन हजार र पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण भएकामा तीन वर्षमा तीन हजारको लक्ष्य करिब पूरा हुने चरणमा पुगेको उल्लेख गरे । यस्तै हाल ९० प्रतिशत जनताको पहुँचमा विद्युत् सेवा पुगेको र आगामी दुई वर्षमा पूरै देशलाई पूर्ण विद्युतीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको सचिव मिघिरेले जानकारी दिए । इपानका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले लगानीकर्ताको सम्मान र संरक्षणमा सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन् । निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजना ३० वर्षपछि सम्पूर्ण हिसाबले सरकारको हुने भएकाले पनि आफूहरूको संरक्षणमा सरकार चुक्न नहुने उनको भनाइ थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP