काठमाडाैं - राजधानीमा विराेध सभा गर्न नेकपा एमालेका नेता महेश बस्नेतले बताएका छन् । माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन आह्यवन गर्दै समाजिक सञ्जाल फेसबुकमा एमालेका नेता महेश बस्नेतले बताएका हुन् । वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा विशेष प्रदर्शन गर्ने उनले बताएका छ्न् ।
उनले स्टाटस लेख्दै भनेका छन् ,' आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा (एमाले) राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ। आन्दोलनको मोर्चामा भेट हुनेछ। जुझारु अभिवादन सहित।'
