Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १६, २०८२

बागमती- हेटौँडा उपमहानगरपालिका-१२ स्थित वनस्पति अनुसन्धान केन्द्र मकवानपुरअन्तर्गतको वृन्दावन वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रद्वारा संरक्षित वृन्दावन वनस्पति उद्यानमा अध्ययन, भ्रमण र अवलोकनका लागि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । 

पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारण पछिल्लो समय सो उद्यानमा अध्ययन, अवलोकन र भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हेटौँडा–१२ पदमपोखरी निवासी सुमन लामाले बताए । “पहिलापहिला यहाँ वन विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थीमात्र आउँथे”, लामाले भने, “तर अहिले विद्यार्थीसँगै घुम्ने र सुन्दर बगैँचाको अवलोकन गर्ने पर्यटकसमेत आउन थालेका छन् ।” वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ ।

“अहिले दैनिक ५० देखि १०० जनासम्म पर्यटक वनस्पति उद्यानभित्र घुम्ने गरेका छन्”, वनस्पति अनुसन्धान केन्द्रका कर्मचारी जयराम दाहालले भने, “शनिबार र सार्वजनिक बिदाको दिन भने २०० देखि ३०० सम्म पर्यटक आउने गर्दछन् ।” अध्ययनसँगै वनस्पतिभित्र घुमफिर गर्ने, टिकटक बनाउने र फोटो खिच्नेहरूको बढी आकर्षण देखिन्छ”, उनले भने ।

वनस्पतिभित्र आउने पर्यटकहरूका लागि टिकटको व्यवस्थापन गरिएको छ । वनस्पति क्षेत्रमा अध्ययन र अवलोकन गर्न आउने नेपाली विद्यार्थीका लागि  १० रुपैयाँ र बाह्य देशका विद्यार्थीका लागि  ५० रुपैयाँ निर्धारण गरिएको छ । प्रमुख पौडेलका अनुसार वनस्पतिभित्र घुम्न आउने आन्तरिक पर्यटकका लागि  २५ रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि  १०० रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि  २५० रुपैयाँ तोकिएको छ ।

Hardik health

केही समयअघिसम्म उद्यान वन विज्ञान (फरेस्टी), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण अध्ययनका लागि आकर्षणको केन्द्र बनेको सो केन्द्र अहिले हरेक किसिमका पर्यटकको आकर्षण बढेको छ । उद्यानभित्र गत २०७८ सालदेखि सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरिएको छ । 

वनस्पतिभित्र घुम्न आउनेलाई लोभ्याउन उद्यानभित्र नयाँ ढाँचाको ‘थिमेटिक गार्डेन’ बनाउन करिब एक हेक्टरभन्दा बढी जग्गामा सम्मानित वृक्षरोपण गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख हरिराज पौडेलले बताए । “वनस्पति उद्यानभित्र खाली रहेको जग्गामा रुद्राक्ष, सीता, अशोक, पिपल, छतिवन, चिउरी, अमला, बर, समी, कपुर, कटहर, बेल, राजवृक्ष, कमद, निम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाप, तेजपात, अङ्गस्ती, दार, दर्राे, इमली, सुगन्ध कोकिलालगायत बिरुवा रोपेका छौँ”, प्रमुख पौडेलले भन्नुभयो, “उद्यानमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिको वंशाणु स्रोत संरक्षित छन् ।” जिल्लाभित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, सङ्कलन गरी पहिचान गर्ने र वनस्पतिको हर्वरियम नमूना संरक्षित गर्ने कार्य हामीले गर्दै आएका छौँ, प्रमुख पौडेलको भनाइ छ ।

वनस्पति अनुसन्धान केन्द्र हेटौँडाअन्तर्गत तीनवटा वनस्पति उद्यान छन् । जसमध्ये हेटौँडास्थित वृन्दावन वनस्पति उद्यानमा ४१५ प्रजाति, टिस्टुङ वनस्पति उद्यानमा २०५ र पर्वतीय उद्यान दामनमा २०८ प्रजातिका वनस्पति संरक्षण गरिएको प्रमुख पौडेलले बताए ।

वनस्पति अध्ययन केन्द्रले विभिन्न आदिवासी तथा जनजातिले प्रयोग गर्दै आइरहेको वनस्पतिको अभिलेखीकरण गर्ने, वनस्पति प्रयोग र संरक्षणबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्री प्रकाशन गरी वितरण गर्ने, नयाँ वनस्पतिको खोज र अनुसन्धान गर्ने, पर्यापर्यटन अभिवृद्धि गर्नेलगायत कार्य गर्दै आएको प्रमुख पौडेलले बताए ।

उनका अनुसार वनस्पति अनुसन्धान केन्द्रले वनस्पति सम्पदाको विस्तृत सर्वेक्षण, सङ्कलन तथा पहिचान र्ने, वनस्पतिको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोगसम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने र जडीबुटीको बिरुवा उत्पादन तथा वितरण गर्ने दायित्व पूरा गर्दै आएको छ । 

अहिले आफूहरू जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटीखेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका बासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने कार्यमा जुटेको प्रमुख पौडेलको कथन छ । दुर्लभ, लोपोन्मुख तथा सङ्कटापूर्ण अवस्थामा रहेका महत्त्वपूर्ण जडीबुटीसम्बन्धी समसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटीखेतीतर्फ आकर्षित गर्ने योजना बनाएर अघि बढेकाे प्रमुख पौडेलले बताए ।


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP