Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भूकम्प प्रभावित ५५ विद्यालय भवन पुनर्निर्माण
भूकम्प प्रभावित ५५ विद्यालय भवन पुनर्निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३, २०७७
Magdi
Hardik health
    म्याग्दी– म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षअघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालय भवनमध्ये जिल्लाका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) मार्फत थप ४५ वटा विद्यालयको भवन पुनःनिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, नौ वटा तीन कोठे र २२ वटा दुई कोठे भवन पुनःनिर्माण भएको कार्यालयका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए । उनका अनुसार २२ वटा शौचालय र दुई वटा विद्यालयमा खानेपानी आयोजना निर्माण भएको छ । ‘भवन, शौचालय र खानेपानीसहित पुनःनिर्माण भएका कुल योजना सङ्ख्या ७९ र कक्षा कोठा १६७ वटा छन्’, प्रमुख चौलागाईले भने, ‘१०१ वटा विद्यालय पुनःनिर्माणका लागि सूचीकृत भएका थिए ।’ कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७३÷७४ देखि विद्यालय भवन पुनःनिर्माण शुरु भएको थियो । पहिलो वर्ष एक वटा दुई कोठे, दुई वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो । आव २०७४÷७५ मा तीन वटा दुई कोठे, तीन वटा तीन कोठे र एक वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५÷७६ को पहिलो चरणमा आठ वटा दुई कोठे, दुई वटा तीन कोठे र १० वटा चार कोठे भवन बनेका थिए । ०७५÷७६ को दोस्रो चरणमा छनौट भएका १० वटा दुई कोठे, दुई वटा तीन कोठे र १२ वटा चार कोठे भवनका योजना पनि सम्पन्न भएका छन् । आव २०७६÷०७७ को पहिलो चरणमा छनोट भएका पाँच वटा चार कोठे भवन निर्माणको अन्तिम चरणमा छन् । नौ वटा शौचालयमध्ये दुई वटा र छ वटा खानेपानीमध्ये दुई वटा योजना सम्पन्न भएको छ । २०७६÷०७७ को दोस्रो चरणमा १० वटा दुई कोठे, तीन वटा तीन कोठे र ३२ वटा चार कोठे भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् । कार्यालयका सूचना अधिकारी विष्णु रिजालका अनुसार यो वर्ष चार कोठे भवन निर्माण हुने विद्यालयमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगङ्गा मावि, महादेव मावि छन् । सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मङ्गला मावि, दीपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मङ्गला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् । यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धौलागिरिको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् । जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनोट भएको छ । पोखरेबगर आधारभूत, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योति र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनोट भएका छन् । विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेटअनुसार बजेट विनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीले सुरक्षित महसुस गरेका छन् । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमबार, कात्तिक १७, २०८२
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री सोमबार, असोज २७, २०८२
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन सोमबार, असोज २७, २०८२
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी आइतबार, असोज २६, २०८२
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP