Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसका दूई समुहबाट विज्ञप्ति सार्वजनिक
कांग्रेसका दूई समुहबाट विज्ञप्ति सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १५, २०८२

काठमाडौं-  पूर्वगृहमन्त्री तथा पार्टी नेता रमेशलेखकलाई ज्यान मुद्दा सम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि अत्यन्त जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको छ ।  पूर्वगृहमन्त्री तथा पार्टी नेता लेखक पक्राउ परेपछि कांग्रेसका दूई समुहबाट  विज्ञप्ति सार्वजनिक  भएकाे हाे। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्म गृहमन्त्री रहेका लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ ।  उनलाई पक्राउ गरिएपछि कांग्रेसका तर्फबाट समानान्तर विज्ञप्ति आएका छन् । पार्टीको संस्थापनका तर्फबाट प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेका छन् । १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र त्यो महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी बनेका डा. शेखर कोइराला समूहबाट नेता पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका छन् । 

press-1774766595.jpg
गत पुसमा भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पार्टी सत्ताबाट बाहिरिएका देउवा-डा.कोइराला समूहको तर्फबाट निकालिएको विज्ञप्तिमा खड्काले आफ्नो पद कार्यवाहक सभापति उल्लेख गरेका छन् । यस्तै पार्टीको लेटरप्याड पनि प्रयोग गरेका छन् । पदमा नभएका व्यक्तिले पार्टीको लेटरप्याड र पद उल्लेख गरेर विज्ञप्ति निकालेपछि संस्थापनले यसबारे कसरी अगाडि बढ्ने भनेर छलफल गर्ने तयारी गरेको छ । 

Hardik health

गत असोज २८ गते तत्कालीन सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यो कार्यवाहकको पद पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिएपछि गएको थियो । यद्यपि विशेष महाधिवेशनलाई आधिकारिकता नदिन माग गर्दै देउवा–डा. कोइराला समूहले दायर गरेको रिट सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ । 

लेखक पक्राउपछि जारी विज्ञप्तिमा पक्राउबारे दुई पक्षका फरक–फरक धारणा छन् । खड्काको विज्ञप्तिमा लेखकको पक्राउको विरोधमा सशक्त आन्दोलन गर्ने उल्लेख छ । त्यसका लागि नेता कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिइएको छ । विज्ञप्तिमा सरकारमाथि ‘जनताको भावनामाथि कुठाराघात’ गरेको आरोपसमेत लगाइएको छन् । 

प्रवक्ता चालिसेले विज्ञप्तिमा लेखक पक्राउको सन्दर्भमा पार्टीको आन्तरिक समीक्षा र भविष्यको राजनीतिक रणनीतिको विषय उठाइएको छ । विज्ञप्तिमा चालिसेले ‘निर्णय प्रक्रियामा थप सचेत र जिम्मेवार’ बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । आगामी दिनमा निर्णय प्रक्रियामा सचेतता अपनाउनुपर्ने उल्लेख गरिएको छ । 

congress-1774766631.jpg
 

 


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी सोमबार, जेठ ११, २०८३
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने सोमबार, जेठ ११, २०८३
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु 
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु  आइतबार, जेठ १०, २०८३
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा आइतबार, जेठ १०, २०८३
नेतृत्व छाड्ने दबाबमा ओली
नेतृत्व छाड्ने दबाबमा ओली आइतबार, जेठ १०, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP