Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
समाचार
  • Home
  • समाचार
  • गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १५, २०८२

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित शिखरखजुराव शैलीमा निर्मित हनुमान् मन्दिर परिसरमा चैत्र शुक्लपूर्णिमा एवं हनुमान जयन्ती विशेष मेला लाग्ने भएको छ । यस वर्षको चैत शुक्लपूर्णि यही चैत १९ गते परेको छ । शिखरखजुराव शैलीको यस मन्दिरमा रामभक्त हनुमानलाई ५१ किलोको लड्डु अर्पण गरिने तयारी भएको छ ।

हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष लीलाधर कँडेलले हनुमान जयन्तीलाई मनाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार हनुमान जयन्तीका दिन बिहान साँझेसम्म विभिन्न धार्मिक कार्यक्रम एवं अनुष्ठान हुनेछन् । तीमध्ये १२ घण्टे अखण्ड श्रीहरिनाम सङ्कीर्तन, लक्ष्यदीप प्रज्ज्वलन, हनुमान चालीसा पाठपरायण, वैदिक विधिअनुसार श्रीहनुमत पूजन तथा विशेष सन्ध्या आरती प्रमुख आकर्षण हुनेछन् ।

यस मन्दिर विसं २०४२ चैत ३० गते स्थापना भएको हो । नारायणी नदीकिनारको सालको जङ्गलमा करिब १८.५ हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिर २०७९ साल वैशाख ३ गते पुनर्निर्माण गरी हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिरका सचिव उमाकुमारी पाण्डेका अनुसार तीन तहका सरकारबाट  ६३ लाख रुपैयाँ र विभिन्न दाताबाट करिब  साढे दुई करोड रुपैयाँ सहयोगसहित  तीन करोड रुपैयाँ बढी लागतमा ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको छ ।  

Hardik health

सचिव पाण्डेले हाल मन्दिरमा दैनिक रूपमा नेपाली तथा भारतीय धार्मिक पर्यटक आउने गरेको जानकारी दिए । उनका अनुसार दैनिक पाँच सय बढी आन्तरिक भक्तजन तथा १२ वटासम्म गाडीमा भारतीय भक्तजन आउने गरेका छन् । विशेषगरी शनिबार र मङ्गलबार यहाँको हनुमान मन्दिरमा दर्शन तथा पूजाआजा गर्नका लागि धार्मिक पर्यटकको भीड बढी हुने उनले उल्लेख गरे ।

मन्दिरमा भक्तजनलाई बस्न सहज बनाउन चारवटा कोठा र करिब ५० क्षमताको एउटा हल निर्माण गरिएको छ । मन्दिरका सहकोषाध्यक्ष होमनाथ सापकोटाका अनुसार डबल बेडका कोठाको शुल्क प्रतिकोठा  ५०० रुपैयाँ तोकिएको छ भने हलमा बस्नका लागि प्रतितीर्थयात्री  १००  रुपैयाँ लिइनेछ । उनले मन्दिरको धर्मशालामा बस्ने भक्तजनले खाना आफैँ पकाउनुपर्ने तर पानी तथा पकाउने ठाउँको व्यवस्था मन्दिरले उपलब्ध गराएको बताए ।

साथै, मन्दिरलाई अझ व्यवस्थित बनाउँदै जिल्लाकै उत्कृष्ट धार्मिक गन्तव्य बनाउन तयारी भइरहेको पनि उनले जानकारी दिए । सहकोषाध्यक्ष सापकोटाले चक्रघाटमा स्नान गर्दा सांसारिक मायामोहबाट मुक्ति प्राप्त हुने विश्वास रहेको उल्लेख गर्दै हरिशयनी तथा हरिबोधिनी एकादशी, माघे सङ्क्रान्ति, नयाँ वर्षलगायतका अवसरमा यहाँ भक्तजनको भीड लाग्ने गरेको बताए । गैँडाकोटको हनुमान मन्दिर हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्रमात्र नभई नवलपुर जिल्लाको प्रमुख धार्मिक पर्यकीय गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् ।

मन्दिर निर्माणमा प्रयोग भएको दक्षिण भारतीय शैलीको अनौठो वास्तुकला, पूर्वपश्चिम राजमार्गमा रहेको देशकै एकमात्रै ठूलो हनुमान मन्दिर, भारतीय पर्यटकको आकर्षण तथा देशकै केन्द्रभागमा भएकाले हनुमान मन्दिरलाई जिल्लाकै धार्मिक पर्यटनको नमूना बनाउन सकिने मन्दिर समितिको विश्वास रहेको छ ।
 


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP