काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदी भाउ बढेकाे छ । सुन तोलामा ५ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७ सय २० रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक तोला सुन २ लाख ८१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६ सय ७० रुपैयाँ कायम भएको थियो ।