काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेकाे छ । बिहीबार पार्टी मुख्यालयमा बसेकाे केन्द्रीय समितिले बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेकाे हाे ।
पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्न गरेकाे प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएकाे हाे ।
सभापति लामिछानेको अभिव्यक्तिसँगै केन्द्रीय समितिको बैठक सकिएकाे प्रवक्ता मनिष झाले जानकारी दिए । अब यससँगे अब केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकको तयारी हुँदैछ ।