Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ११, २०८२

सुदूरपश्चिम- जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ ।क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । 

स्वास्थ्य निर्देशनालय दीपायलका क्षयकुष्ट निरीक्षक मनोज ओझाले लक्ष अनुसार रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको देखिएको बताए । उनले भने, “हाम्रो देशमा उपचार पद्धति राम्रो भयो, तर उपचारको दायरामा नआउनेको रोगकै कारण मृत्यु हुने गरेको अनुमान छ, प्रदेशभरि ४० प्रतिशत बिरामी अझै पनि उपचारमा आउन नसकेको अनुमान छ ।” 

लक्षण देखिने बिरामी स्वास्थ्य संस्थामा समयमै नआउने, सबै ठाउँमा पिसिआर(रोग पत्ता लगाउने जाँचको विधि)को पहुँच बढ्न नसक्नु, जाँच गर्नुपर्ने काममा फिल्ड तहमा कमी भइरहेको र लक्षण देखिएको बिरामी पनि उपचारमा ढिलो गरी आउनेजस्ता कारणले रोगीको सङ्ख्या बढेको देखिएको ओझाले बताए । 

Hardik health

जनसङ्ख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेशमा दर्ता भएकामध्ये ६५ वर्ष उमेरमाथिका मात्रै २६ प्रतिशत यो रोगका बिरामी छन् । सबैभन्दा बढी बिरामी कैलाली जिल्लामा छन्, । प्रतिलाख जनसङ्ख्याको हिसाबले यो रोगका बढी बिरामी कञ्चनपुरमा छन् ।

प्रदेशमा बर्सेनि क्षयरोगीको दर बढ्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ७७/७८ मा दुई हजार आठ सय २६ जना, आव ७८/७९ मा तीन हजार चार सय २४ जना, आव २०७९/८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०/८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आव ८१/८२ मा तीन हजार छ सय ४८ जना बिरामी पुगेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

चालु आवको माघ मसान्तसम्म प्रदेशमा एक हजार ८४० क्षयरोगीका बिरामी पुगेका छन् । यीमध्ये कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ बिरामी छन् । आव २०८१/८२ को माघ मसान्तसम्ममा डोटीमा ७८, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी पुगेका छन् ।

चालु आवमा प्रदेशका कूल बिरामीमध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । नेपालमा हुने क्षयरोगीमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सोको क्षयरोगले पीडित हुने गरेको अनुमान छ । ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मष्तिष्कमा पनि क्षयरोगको संक्रमण हुने गर्छ ।

सरकारले क्षयरोगको उपचार व्यवस्था निःशुल्क गरेको छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना सरकारको छ । लामो समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकानको महसुस बढी भएमा नजिकैको स्वास्थचौकी गएर स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ  ।
 


प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोरङका पाँच स्थानमा बर्ड फ्लु
मोरङका पाँच स्थानमा बर्ड फ्लु बुधबार, चैत ११, २०८२
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर मंगलबार, चैत १०, २०८२
नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी
नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी मंगलबार, चैत १०, २०८२
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था  मंगलबार, चैत १०, २०८२
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी सोमबार, चैत ९, २०८२
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP